काठमाडौं । नेपालमा इटालियन कम्पनी अप्रिलियाको स्कुटर बिक्री गर्दै आएको दुगड़ ब्रदर्स एण्ड सन्सले नाडा अटोशोमा विभिन्न स्कुटर राख्ने भएको छ ।
कम्पनीले भदौं १० गतेबाट सुरु हुने अटोशोमा अप्रिलिया स्ट्रोम १२५, एसआर १२५ र एसआर १५० तथा एसआर १५० रेस प्रर्दशनी गर्ने भएको हो ।
कम्पनीले अप्रिलिय स्ट्रोम १२५ को मूल्य २ लाख २४ हजार ९ सय, एसआरको १२५ को २ लाख ४० हजार ९ सय र अप्रिलिया एसआर १५० रेसको २ लाख ९३ हजार तथा एसआर १५० को २ लाख ८१ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आएको छ ।
अप्रिलिया स्ट्रोम १२५ मा एयरकुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । यसले, ७२५० आरपीएममा ९.५ हर्ष पावर र ६ हजार २५० आरपीएममा ९.८ एनएम टर्क उत्पादन गर्छ । यसमा कार्बरेटर फ्युल, सेल्फ स्टार्ट मेकानिज्म, अटोमेटिक क्लच लगायतका विशेषता दिइएको छ ।
अप्रिलियाले अटोशोमा राख्ने भएको एसआर–१२५ मा उपलब्ध इञ्जिनले ७ हजार २५० आरपीएम मा ९.५२ एचपी पावर र ६२५० आरपीएम मा ९.९ एनएम टर्क उत्सर्जन गर्छ । यसले काठमाडौंमा ४० र हाइवेमा ४५ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गर्दै आएको छ ।
यसमा ११८ मिलीमिटर ग्राउण्ड क्लेयरेन्स, युरो ४ इञ्जिन, १४ इञ्चको टायर, एरोडाइनामिक सस्पेन्सन, युएसबी केवल कनेक्टरलगायतका विशेषता दिइएको छ ।
यस्तै, स्टाइलिस लुक्स भएको एसआर १५० र एसआर १५० रेस भर्सनमा सेल्फ तथा किक स्टार्ट सुबिधा उपलब्ध रहेको छ ।
स्कुटरको फ्रन्टमा डिस्क तथा रियरमा ड्रम ब्रेक उपलब्ध रहेको छ । यसमा उपलब्ध १५४.८ सीसीको सिगंल सिलिन्डर, ३ भल्भको इन्जिनले ६७५० आरपीएममा १०.२ पीएस पावर तथा ५००० आरपीएमा १०.९ एनएम टर्क जेनेरेट गर्छ । एसआर १५० मा हेडल्याम्प हेलोजिन र टेलल्याम्प बल्ब दिइएको छ ।


