होन्डाले आफ्नो मिड साइज सेडान कार सिटीको नयाँ संस्करणमा पेट्रोल हाइब्रिड पावरट्रेन प्रदान गर्ने भएको छ । होन्डाले सिटीमा स्पोर्ट हाइब्रिड सिस्टम प्रदान गर्ने भएको हो ।
कम्पनीले अकर्डमा प्रदान गर्दै आएको माइल्ड हाइब्रिड सिस्टम प्रदान गर्ने भएको हो । कम्पनीले पछिल्लो समय कम मूल्यमा हाइब्रिड मोडल ल्याउने योजना अनुसार सिटी ल्याउन लागेको हो ।
यद्यपी, अल न्यू होन्डा सिटीमा प्रिमियम फिचर हुने भएकाले यो गाडी भने महंगो हुनसक्ने जनाइएको छ ।
कम्पनीका सीइओ टाकाहिरो हाचिगोले हाइब्रिड मोडल प्रति आम मानिसमा रुचि बढ्दै गएको बताउँदै ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राखेर हाइब्रिड टेक्नोलोजीको प्रयोगलाई जोड दिइएको जानकरी दिएका छन् । कम्पनीले थाइल्यान्डमा अल न्यू सिटी मोडलको प्रदर्शन गर्ने तयारी गरेको छ ।

