अशोक लेल्यान्डले तयार गर्यो इलेक्ट्रीक बस, यस्ता छन् विशेषता

बढ्दो प्रदूषणलाई नियन्त्रणका लागि इलेक्ट्रोनिक्स गाडीको प्रयोग अहिलेको आवश्यकता भएको विश्वभर चर्चा हुने गरेको छ । यी र यसै आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न अटो निर्माता कम्पनीहरूले आफ्ना इलेक्ट्रोनिक्स गाडीहरू बजारमा उतारिरहेका छन् ।

भारतकै सबैभन्दा ठूलो गाडी निर्माता कम्पनीमध्येको एक अशोक लेल्यान्डले सार्वजनिक यातायातको रुपमा नयाँ इलेक्ट्रीक बस बजारमा ल्याउने भएको छ ।

कम्पनीले यस इलेक्ट्रीक बसलाई पहिलोपटक दिल्ली अटो एक्स्पो-२०१८ मा सार्वजनिक गरेको थियो ।

‘सर्किट–एफ’ को नामबाट कम्पनीले यसको उत्पादन गरिरहेको छ । अहिले भारतीय सडकमा यस इलेक्ट्रीक बसको सफल परीक्षण भैसकेको जनाइएको छ । मिडिया रिपोर्टकाअनुसार, अशोक लेल्यान्ड र सन्मो-बिलिटीको सहकार्यमा उक्त इलेक्ट्रीक बस निर्माण गरिएको हो ।

यस स्मार्ट इलेक्ट्रीक बसमा लिथियम आयोन ब्याट्रीको प्रयोग गरिएको छ । यसमा प्रयोग भएको ब्याट्रीको तौल ५०० किलोग्राम रहेको छ । उक्त ब्याट्री रिप्लेस गर्न जम्मा २.५ मिनेट समय लाग्ने कम्पनीले दाबी गरेको छ ।

बसको कूल मूल्यको ५० देखि ६० प्रतिशत मूल्य ब्याट्रीमा लाग्ने छ । कम्पनीको यस इलेक्ट्रीक बसमा प्रयोग हुने सिङ्गल ब्याट्री प्याकलाई सन्–मोबिलिटीले बनाएको हो भने इलेक्ट्रीक बस अशोक लेल्यान्डले निर्माण गरेको छ ।


Back_to_top