पल्सर एनएस १६० टुइन डिस्क नेपाली बजारमा, यस्तो छ मूल्य

काठमाडौं । बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्कको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न चार  कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ । जसमा प्यासन रेड ,पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु  एंड ग्लसी पेव्टर ग्रे रहेको छ ।  यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।

नयाँ बजाज पल्सर १६० टिडिमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आर्कषीत गर्न धेरै ह्वीलबेस, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ ।

 एचएच बजाजका अनुसार युवा पुस्तालाई  लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, लोंगेर व्हीलबेस राखिएको छ 

पल्सर एनएस  ट्वीन डिस्क १६०.३  सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८५०० आरपीएममा १५.५ बीएचपी पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । यसमा १२  लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ भने ५ गिएरमा उपलब्ध रहेको छ भने ग्राउंड क्लीयरेन्स १६७ एम एम रहेको छ ।

पल्सर एनएस   १६० टिडिले  अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १६० टिडिको  मूल्य २ लाख ८६  हजार ९०० रुपैयाँ तोकिएको छ ।  

हंशराज हुलासचन्द र  कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने , ‘प्रडक्टको डिजाइन, क्वालीटी र उत्कृष्ट इन्जिन टेक्नोलोजिले गर्दा बजाजका मोटरसाइकल धेरैको प्रथम रोजाईमा परेको हो । बजाजले जसरी आफ्ना उत्पादनमा प्रविधिको प्रयोग गरिरहेको छ, त्यसले सधै आफुलाई अब्बल प्रमाणित गर्दै आएको छ । बजाजको लिगेसीलाई यो पल्सर एनएस  १६० टिडिले  क्यारी गरेको छ । साथै यो पल्सर परिवारमा नयाँ थपिएको मोडल हो र  यो सेग्मेन्टमा नै अत्यन्त नयाँ उत्पादन हो । हामीलाई विश्वास छ पल्सर  एनएस    १६० टिडिले चालकको  एक्स्पेक्टेसन पुरा गर्ने छ ।


Back_to_top