आजबाट अशोक लेल्यान्डको फ्रि चेकअप क्याम्प

काठमाडौं । नेपालमा अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले आज साउन २ गतेबाट मेगा मनसुन फ्रि चेकअप क्याम्प सुरुगरेको छ । 

साउन २ देखि सुरुभएको शो चेकअप क्याम्प आगामी साउन ११ गते सम्म चल्ने छ । उक्त क्याम्पमा गाडीको निःशुल्क वासिङ, ४५ चेक प्वाइन्ट्स र बम्पर टु बम्पर चेकअप गरिने छ ।

चेकअप क्याम्पको अवसरमा कम्पनीले लुब्रिकेन्टमा १० प्रतिशत, स्पेयर पाटर्समा ५ प्रतिशत र लेवर तथा च्यासिस ग्रिजिङमा ३० प्रतिशत छुट प्रदान गर्ने बिज्ञप्तीमा उल्लेख गरेको छ । 

यी वाहेक ग्राहकहरुका लागि आकर्षक उपहार तथा सर्भिसिङमा छुट तथा कुपनहरु दिने कम्पनीले उल्लेख गरेको छ । यसरी दिइने सर्भिसिङका छुट कुपनहरु आगामी भाद्र १५ सम्ममा प्रयोगगर्न सकिने कम्पनीले जानकारी दिएको छ । 


Back_to_top