यी विशेषताले अब्बल एसयूभी बन्न सक्छ जीपको, ‘ट्रायल हक’

भारतीय बजारमा जीप कम्पास निक्कै लोकप्रिय हुँदै गएको छ । इटालीयन अटो उत्पादन कम्पनी फियाट क्रिस्टलर एजीले जीप कम्पास भारतमै उत्पादन गरेको हो । अहिले कम्पनीले नयाँ मोडल जीप कम्पास ट्रायल हक बजारमा ल्याउने तयारी गरेको छ । अबको केही समयमा भारतीय बजारमा सार्वजनिक हुने ट्रायल हक एसयुभीका विशेषता यस्ता छन् :

स्पोर्टी एक्सटेरियर

जीप ट्रायल हकमा अगाडी र रेयर बम्पर परिमार्जन गरि आउन लागेको छ । पुरानो क्रोमलाई साटिन मेटालिक ब्ल्याकले बनाइएको छ । यो एसयुभीमा १७ इन्चको एलो ह्वील रहेको छ । 

इन्जिन

जीप कम्पास ट्रायल हकमा २.० लिटर डिजेल इन्जिन रहेको छ, जसले १ सय ७१ बीएचपी र ३ सय ५० एनएम टर्क दिन्छ । यो इन्जिनमा ९ स्वीड अटोमेटिक ट्रान्समिसन रहेको छ । कम्पास ट्रायल हकमा तीन वटा ड्राइभिङ मोड रहेको छ । 

इन्टेरियर

कम्पास ट्रायल हकमा कालो र रातो रंगको सिट रहेको छ । सिटलाई आरामदायी बनाउने भरपुर प्रयास गरिएको कम्पनीले जनाएको छ । यो गाडीको स्टेरिङ तथा प्यानलमा समेत लेदर ¥याप परिएको छ । 

सुरक्षा

कम्पास ट्रायल हकमा इबीडी सहितको एबीएस, फ्रन्टमा २ वटा एयरब्याग रहेका छन् । यो गाडीमा हिल डिसेन्ट कन्ट्रोल र ६ वटा पार्किङ सेन्सर रहेको छ । 

प्रतिस्पर्धा

एसयुभी सवारीमा भारतीय बजारमा पछिल्लो समय प्रतिस्पर्धा निक्कै उच्च भएको छ । जिप कम्पास ट्रायल हकले हुन्डाइको टक्सन फोर डब्लूडी र स्कोडाको यतीसँग प्रतिस्पर्धा गर्ने छ । कम्पास ट्रायल हकको मूल्य ३० लाख भारु भन्दा कम हुने अनुमान गरिएको छ ।


Back_to_top