आयो एथरको प्रिमियम स्कुटर, यी हुन् मुख्य फिचर

काठमाडौं । एथरले नयाँ प्रिमियम स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले एथर ४५० एपेक्स सार्वजनिक गरेको हो ।

कम्पनीले यो स्कुटरलाई ४५० एक्सको प्रिमियम भर्सनको रुपमा बजारमा उतारेको हो । भारतमा यसअघि नै एपेक्सको बुकिङ खुल्ला गरिएको थियो । एथर इनर्जीले एपेक्सको मूल्य १ लाख ८९ हजार (एक्स शोरुम) मूल्य तोकेर सार्वजनिक गरेको हो ।

कम्पनीले एथर ४५० कै डिजाइनमा एपेक्स ल्याएको छ । यसको रियर प्यानल भने ट्रान्सपारेन्ट दिइएको छ । कम्पनीले एपेक्सलाई इन्ड्यूम ब्लु र स्टार्क अरेन्ज करलमा ल्याएको हो ।

एथर एपेक्सको पावर एथर ४५० एक्सको तुलनामा १० प्रतिशत धेरै रहेको छ । यससको टप स्पीड १०० किलोमिटर प्रति घन्टा छ भने सून्यदेखि ४० को स्पीड केबल २.९ सेकेन्डमा पुरा गर्छ ।

कम्पनीले एपेक्समा रि-जेनेरेटीभ ब्रेकिङ सिस्टमलाई अझै राम्रो बनाएर ल्याएको छ । ‘म्याजिक ट्वीस्ट’ नाम दिएको रिजेनेरेटीभ ब्रेकिङ सिस्टमले ओरालो बाटोमा रिचार्ज गर्नेछ ।

यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ । यससमा ३.७ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ । यसलाई एक पटकको फुल चार्जमा १५७ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।


Back_to_top