कम मूल्यको नयाँ स्कुटर बनाउँदै एथर

सा‌केतिक तस्बीर

काठमाडौं । एथर इनर्जीले कम मूल्यको नयाँ इलेक्ट्रीक स्कुटर बनाउने भएको छ । आफ्नो तेस्रो उत्पादनको रुपमा ल्याउन लागेको एथरको नयाँ स्कुटर मूल्यका हिसावले पनि अन्य दुईभन्दा सस्तो हुनेछ ।

एथरले बनाउन सुरु गरेको नयाँ स्कुटरको पेटेन्ट तस्बीर बाहिर आएसँगै यसको चर्चा सुरु भएको हो । बाहिर आएको तस्बीर अनुसार यसमा नयाँ डिजाइनको हेडलाइट देखिएको छ ।

पेटेन्ट इमेजमा ‘फ्रन्ट फेसिया’ भनिएको पार्ट्समा आयताकारको हेडलाइट डिजाइन देख्न सकिन्छ । यसमा एलइडी डिआरएल सहितको प्रोजेक्टर हेडल्याम्प दिइने छ ।

नयाँ स्कुटर बारे अन्य कुनैपनि जानकारी बाहिर आएको छैन । कम्पनीले यसलाई रिज्टाभन्दा कम मूल्यमा बजारमा ल्याउने छ । यसमा एलसीडी क्लस्टर, सानो साइजको ब्याट्री, कम रेन्ज तथा कम फिचर हुने अनुमान गरिएको छ ।

कम्पनीले भारतमा यसको मूल्य १ लाख रुपैयाँभन्दा कम कामय गरेर बिक्री गर्ने अनुमान गरिएको छ ।


Back_to_top