आगामी दुई वर्ष भित्रै १० ईभी मोडल सार्वजनिक गर्दै अउडी

काठमाडौं । अउडीले आगामी २ वर्ष भित्रमा कम्तीमा १० वटा नयाँ ईभी लन्च गर्ने घोषणा गरेको छ । कम्पनीले सन् २०२५ सम्ममा कुल २० वटा गाडी लन्च गर्ने घोषणा गरेको छ । सोमध्ये १० वटा मोडल विद्युतीय ल्याउने भएको हो ।

कम्पनीको यो योजनामा क्यू ४ ई–ट्रोनभन्दा तल इन्ट्री लेभल मोडल पनि समावेश रहेको छ ।

अउडीको वार्षिक सम्मेलनमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्कस ड्युसम्यानले २०२६ देखि विश्वभर नयाँ विद्युतीय सवारीसाधन मात्र लन्च गर्ने अउडीको लक्ष्यको एक हिस्सा भएको बताए ।

यही योजना अनुरुप १० नयाँ ईभी मध्ये कुन मोडल पहिले सार्वजनिक हुने भन्ने बारे खुलासा भएको छैन । तर, बाहिरिएको सूचना अनुसार कम्पनीले नयाँ फेसलिफ्ट मोडल पनि हुन सक्नेछ ।

यस्तो अवस्थामा भने कम्पनीले अउडी क्यू १० ई–ट्रोन एसयूभी हुने अनुमान गरिएको छ । यो पोर्शसँग मिलेर विकास गरिएको प्रिमियम प्लेटफर्म इलेक्ट्रीक ९पीपीई० आर्किटेक्चर प्रयोग गर्ने ब्रान्डको पहिलो मोडेलको रूपमा यस वर्षको अन्त्यमा आउनेछ।

कम्पनीले यो इलेक्ट्रीक एसयूभीपछि ए ४ ई–ट्रोन, ए ६ ई–ट्रोन र ए ८ ई–ट्रोन लगायत अन्य अघोषित मोडलहरू ल्याउने सम्भावना छ ।


Back_to_top