काठमाडौं । ‘लुकिङ ग्लास’ नभएको पहिलो इलेक्ट्रीक कार नेपाल आएको छ । विश्व बजारमा धेरै अगाडिदेखि ओरभीएम (लुकिङ ग्लास) बीनाका गाडी उपलब्ध रहेपनि नेपाल भने पहिलो पटक आएको हो ।
यूरोपियन अटोमोवाइल ब्राण्ड अउडीको ‘क्यू-८ इट्रोन’ मोडल नेपाल आएको हो । यसमा गाडी चलाउँदा दाँया/वाँयाको दृश्य हेर्न लुकिङ ग्लासको सट्टा दुबैतर्फ छुट्टा छुट्टै क्यामरा प्रयोग गरिएको छ । दुबै क्यामराको दृश्य ढोकामा रहेको स्कृनमा हेर्न सकिन्छ ।
नेपाल आएको इट्रोन क्यू-८ अल ह्वील ड्राइभ मोडल हो । अगाडि र पछाडि दिइएको दुबै मोटरको संयुक्त पावर ३०० किलोवाट रहेको काइरोस इन्टरनेसनलले जानकारी दिएको छ ।
काइरोसले क्यू-८ को मूल्य ३ करोड १० लाख रुपैयाँ तोकेको छ । प्रिमियम सेग्मेन्टमा उपलब्ध एसयूभीको पीकटर्क ६६४ न्यूटन मिटर छ । यसलाई शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन केबल ५.६ सेकेन्ड लाग्छ । यसको टप स्पीड क्षमता २०० किलोमिटर प्रतिघण्टा छ ।
प्रिमियम एसयूभीको लम्बाइ ४९१५ एमएम, चौडाइ १९३७ एमएम, उचाइ १६३३ एमएम छ । यसमा २९२८ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । एयर सस्पेन्सन भएको क्यू-८ इट्रोन एसयूभीको अधिकतम ग्राउण्ड क्लियरेन्स २२६ एमएमसम्म हुनेछ ।
नेपाली बजारमा यसअघि पनि केही युनिट अउडी क्यू८ इट्रोन आएको थियो । अहिले आएको क्यू-८ इट्रोन भने फेसलिफ्ट मोडल हो । यो ईभीमा ११४ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । यस ब्याट्रीले एक पटकको फुल चार्जमा ५८२ किलोमिटरको रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ ।
यसलाई ११ किलोवाटसम्मको एसी चार्जर र १७० किलोवाटसम्मको डिसी फास्ट चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । २० इन्चको ह्वील दिइएको एसयूभीको ड्यासबोर्डमा ५ वटा स्कृन छन् ।
ड्राइभर इन्फर्मेसन, इन्फोटेन्मेन्ट र एसी कन्ट्रोलको लागि छुट्टा छुटटै स्कृन उपलब्ध छ । डिजिटल म्याट्रिक्स एलइडी हेडलाइट, व्याङ एण्ड अलुफसेनको थ्रीडी प्रिमियम अडियो सिस्टम पाउन सकिन्छ । फोर जोन अटोमेटीक एसी, पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, वायरलेस फोन चार्जर, इलेक्ट्रीक एड्जस्टेवल भेन्टीलेटेड एण्ड मसाज फ्रन्ट सिट, क्रुज कन्ट्रोल तथा सेल्फ पार्किङ असिस्ट जस्ता फिचर छन् ।