अटोमाइबाल इन्जिनियरिङ कन्फ्रेन्स हुने

काठमाडौं । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियरिङ र काठमाडौ विश्वविधालयको संयुक्त आयोजनामा २०७६ वैशाख २७ र २८ गते काठमाडौ विश्वविधालय धुलिखेलमा नेसनल कन्फ्रेन्स अन अटोमोटिभ इन्जिनियरिङ हुने भएको छ । 

इनोभेसन, लिडरसिप, सेफ मोबिलिटी र रोबोटिक्स विषयमा विभिन्न २२ प्रस्तुति, ३२ वक्ता र १५० सहभागी रहने सो कार्यक्रममा एसोसिएसन अफ मेकानिकल इन्जिनियर्स, नेपाल अटोमोबाइल्स एसोसिएसन र नेपाल अटोमेकानिक्स ब्यवसायी महासंघको समेत सहयोग रहने छ । यस गैरनाफामुलक कार्यक्रममा हिट्को लगायत बिभिन्न अटोमोबाइल कम्पनी, लुब्रिकेण्ट कम्पनी, इन्स्योरेन्स कम्पनीको सहयोग रहनेछ ।

मे पहिलो साता विश्वभरी मनाइने पाँचौं युएन ग्लोबल रोड सेफ्टी वीकको अवसरमा हुन गइरहेको यस कन्फ्रेन्समा सडक सुरक्षाका विभिन्न विशेषत मध्ये सेफ मोविलिटी विषयमा बहस एवं बैचारिक प्रस्तुति हुनेछ । यस कन्फ्रेन्समा नेपालका विभिन्न इन्जिनियरिङ कलेजमा अटोमोबाइल्स सम्बन्धी भएका खोजमुलक अनुसन्धानको कार्य प्रस्तुति हुनेछ ।


Back_to_top