काठमाडौं । यातायात ब्यवस्था विभागले संकलन गरेको राजस्वको सबैभन्दा ठुलो हिस्सा प्रदेश नम्बर ३ बाट संकलन गरेको छ । गत आर्थिक वर्ष २०७४–७५मा संकलित राजस्वको करिब आधाभन्दा धेरै राजस्व प्रदेश नम्बर ३ मा संकलन भएको हो ।
विभागले बिभिन्न ७ र्शिषकमा संकलन गरेको राजस्वमा सवारीसाधन कर, सडक निर्माण तथा सम्भार दस्तुर, सवारी चालक अनुमति पत्र र इजाजत पत्रको नविकरण, इम्बोस्ड नम्बर प्लेट, यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दन्ड जरिवाना र बेरुजु र्शिषकमा संकलन गरेको हो । सबै र्शिषकमा गरेर कुल २३ अर्ब ६४ करोड ९९ लाख १९ हजार ३४७ रुपैयाँ संकलन गरेको थियो ।
विभागले प्रदेश नम्बर१ बाट २ अर्ब १२ करोड ६७ लाख ५१ हजार २७७ रुपैयाँ संकलन गरेको थियो भने, प्रदेश नम्बर२ बाट ४ अर्ब २६ करोड ९३ लाख ३० हजार २६६ रुपैयाँ संकलन गरेको थियो ।
सबैभन्दा धेरै राजस्व संकलन भएको प्रदेश नम्बर३ मा १२ अर्ब १३ करोड ८५ लाख ४२ हजार ५६१ रुपैयाँ संकलन हुँदा गण्डकी प्रदेशबाट १ अर्ब २० करोड ५२ लाख ३ हजार ४६१ रुपैयाँ संकलन भएको थियो ।
त्यसैगरि विभागले प्रदेश नम्बर५ बाट ३ अर्ब ३० करोड ४ लाख ४४ हजार १५३ रुपैयाँ संकलन गरेको थियो भने सबैभन्दा कम राजस्व कर्णाली प्रदेशबाट संकलन भएको छ । कर्णालीमा ९ करोड २१ लाख ८७ हजार ४० रुपैयाँ स.कलन भएको थियो ।
विभागले प्रदेश नम्बर७ बाट ५१ करोड ७४ लाख ६० हजार ५९० रुपैयाँ संकलन गरेको जनाएको छ ।


