‘होन्डा पीसीएक्स-१५०’ स्कुटर, चोरले चोर्न नसक्ने

होन्डाले मलेसियामा ‘पीसीएक्स १५०’ स्कुटर सार्वजनिक गरेको छ । मलेसियामा यस स्कुटरको मूल्य १० हजार ९ सय ९९ आरएम अर्थात् २ लाख ९६ हजार नेपाली रुपैयाँ रहेको छ ।

तीन कलर भ्यारियन्टमा सार्वजनिक भएको पीसीएक्स १५० भर्खरै सार्वजनिक भएको सुजुकी वर्गम्यानभन्दा स्टाईलिस र सार्प लूकमा निर्माण भएको छ । यो स्कुटर पर्ल मेटालोइड वाइट, रेडिएट गे्रे-मेटालिक र युफोरिया रेड मेटालिकका उपलब्ध छ । 

पीसीएक्स-१५० मा फ्रन्ट एन्डको साथै, फुल हेडल्याम्प भर्टिकल एलईडी टर्न सिग्नल्स दिइएको छ । म्याक्सी स्कुटर पीसीएक्स १५० डिजिटल क्लस्टरसहित सार्वजनिक भएको हो । यसमा २५ लिटर अन्डरसिट स्टोरेज, रेस्ड हेडलबरा र मोबाइल चार्जिङ १२ भोल्टको चार्जिङ सकेट लगाइएको छ । 

होन्डा १५० मा १४-८ स्पोक ह्वील १००/८० सेक्सशः फ्रन्ट र १२०/७० सेक्सनको रियर टायर लगाइएको छ । यसमा २२० मिलिमिटर फ्रन्ट डिस्क ब्रेक तथा १३० मिलिमिटर रियर ब्रेक ड्रम लगाइएको छ । गाडीमा सिंगल च्यानल एबीएस सुविधा दिइएको छ, सेफ्टी फिचरअन्तर्गत एन्टी थेप अलार्म, आन्सर ब्रेक सिस्टमजस्ता स्मार्ट सिस्टम लगाइएको छ । स्कुटरको ग्राउन्ड क्लियरेन्स १३७ मिलिमिटर रहेको छ । 

होन्डा पीसीएक्स १५० मा १४९ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इञ्जिन दिइएको छ । जसले ८५ सय आरपीएममा १४.३ बीएचपी पावर उत्पादन गर्छ भने, ६५ सय आरपीएममा १३.६ एनएमटर्क उत्पादन गर्छ । सालको सुरुवातमा अमेरिकी बजारमा २०१८ होन्डा पीसीएक्स लञ्च गरेको थियो । एबीएस भर्जनको मूल्य ३ हजार, ६९९ अमेरिकी डलर रहेको छ । यो मोडल भारतमा चाँडै सार्वजनिक हुने अनुमान गरिएको छ । 


Back_to_top