विश्वका धेरै हवाई यात्रुहरू इकोनोमिक क्लासमा यात्रा गर्छन् । इकोनोमिक क्लासमा सामान्य सीटमा बसेर र धेरै यात्रुहरूसँगै यात्रा गरिरहेका हुन्छन् ।
हालै नेपाल एयरलायन्सले ल्याएको दुईवटा वाइडबडी जहाजमा जम्मा २७४ वटा सीट संख्यामा २५६ वटा इकोनोमिक क्लासको सीट छुट्याएको छ ।
बिजेस क्लास तथा फस्ट क्लासका सीटहरू इकोनोमीभन्दा धेरै गुणा महंगो हुने गर्छ र त्यहाँ ठूला आरामदायी सीटहरू र अन्य विशेष सुविधाको व्यवस्था गरिएको हुन्छ ।
इकोनोकिक क्लास तुलनात्मक सस्तो भए तापनि धेरै एयरलायन्सहरूले यस क्लासको सीटमा पनि विशेष सुविधायुक्त बनाएको हुन्छ ।
कन्जुमर एभिएसन वेभसाइट स्काई ट्याक्सले हरेक वर्ष एयरलायन्सहरूको रिसर्च गरी उत्कृष्ट एयरलायन्सको घोषणा गर्ने गर्छ । वेभसाइटले यो वर्ष ३३५ वटा एयरलायन्सहरूको सर्भे गरेको थियो, जसमा दुई करोड हवाई यात्रुहरूको डेटा कलेक्सन गरेर यो नतिजा निकालेको हो ।
यसमा एसियन एयरलायन्सहरूको दवदबा रहेको छ । यो लिस्टमा १० मध्ये ९ वटा एसियन एयरलायन्स रहेका छन् ।
१०. जापान एयरलायन्स

९. लुफथान्सा

८. इभा एयर

७. गरुडा इन्डोनेसिया

६. क्याथे प्यासिफिक एयरवेज

५. एएनए अल निप्पोन एयरवेज

४.इमिरीयट्स

३. कतार एयरवेज

२. सिंगापुर एयरलायन्स

१. थाई एयरवेज



