८५ किलोमिटरको रफ्तारमा कुद्ने हिरोको इलेक्ट्रीक स्कुटर, यस्ता छन् विशेषता

काठमाडौं । भारतको ठूलो मध्येको एक विद्युतीय स्कुटर उत्पादक कम्पनी हिरो इलेक्ट्रिकले छिट्टै उच्च गति नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्ने भएको छ । 

कम्पनीले नयाँ स्कुटरमा त्यसको पर्फमेन्स र अधिकतम गतिलाई प्राथमिकता दिएर उत्पादन गएिको जनाएको छ । हिरो इलेक्ट्रिकले नयाँ स्कुटरलाई एएक्सएलएचइ–२० कोड नाम दिएको छ । नयाँ इलेक्ट्रिक स्कुटरले हिरो इलेक्ट्रिकको इस्कुटरमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । 

हिरोको एएक्सएलएचइ-२० मा ४ हजार वाटको मोटर प्रयोग गरिएको छ, जसले करिब ६ हजार वाटको पिक पावर उत्पादन गर्न सक्छ । यसले गर्दा स्कुटरको अधिकतम गति ८५ किलोमिटर प्रतिघण्टा हुने दाबी कम्पनीको छ । त्यस्तै यो स्कुटर एक पटक फूल चार्ज गर्दा १ सय देखि १ सय १० किलोमिरटसम्म कुद्न सक्छ । 

हिरो इलेक्ट्रिकले नयाँ स्कुटरमा ब्लूटुथ, मोबाइल कनेक्टिपभटी, डेडिकेटेड मोबाइल एप लगायत विशेषतासहित ल्याउन लागेको हो । उक्त स्कुटरको व्याट्री फूल चार्ज हुन ४ घण्टा लाग्ने छ । 

हिरो इलेक्ट्रिकले अबको केही समयमा ७/८ वटा नयाँ उत्पादन सार्वजनिक गर्ने योजना बनाएको छ । बजारमा उपभोक्ताको रोजाइ अनुसारको उत्पादन पुर्याउन र कम्पनीको बिक्री बढाउन नयाँ उत्पादन बजारमा ल्याउन लागएको हिरो इलेक्ट्रिकले जनाएको छ । त्यही उत्पादन मध्येको एक हो एएक्सएलएचइ-२० । 

हिरो इलेक्ट्रिकले आव २०१७/१८ मा ३० हजारभन्दा बढी विद्युतीय स्कुटर बिक्री गरेको थियो । चालू आवमा यो संख्या तेब्बर बनाउने लक्ष्य कम्पनीको छ । त्यस्तै हिरो इलेक्ट्रिकले २०२२/२३ सम्ममा वार्षिक ६ लाख इलेक्ट्रिक स्कुटर बिक्री गर्ने योजना बनाएको छ । 

हिरो इलेक्ट्रिकले गएको १० वर्षको अवधिमा विद्युतीय सवारी उत्पादनका लागि ४ सय करोड भन्दा बढी भारतीय रुपैयाँ लगानी गरिसकेको छ । अबको केही समय भित्र हिरो इलेक्ट्रिकले ५ सय करोड भारु रिसर्च एन्ड डेभलपमेन्टमा खर्च गर्ने जनाएको छ । 


Back_to_top