आजदेखि हवाई सेवा बन्द, सर्वसाधारण मारमा

भोजपुर । आजदेखि भोजपुर-काठमाडौँ हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन् । वायुसेवा निगमले आजदेखि १५ दिनका लागि उडान बन्द गरेको हो । 

नेपाल वायुसेवा निगमका दुईवटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका कार्यालय प्रमुख नारायण पुरीले जानकारी दिए । 

हवाईसेवा अवरुद्ध भएपछि बिरामी, वृद्धवृद्धा भने झन् बढी मारमा पर्ने भएका छन् । निगमले भोजपुर-काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार उडान भर्दै आएको थियो । 


Back_to_top