बजाज र केटीएमको सहकार्यमा आउँदै इलेक्ट्रीक बाइक

बजाज अटो र केटिएमले सहकार्यमा इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने भएका छन । कम्पनीका म्यानेजिंग डायरेक्टर राकेश शर्माले दुइ कम्पनीले संयुक्त लगानीमा इलेक्ट्रीक बाइक उत्पादन गर्न लागिएको जानकारी दिएका हुन ।  

दुबै कम्पनीले गत जुन महिनामा ४८ भोल्टको ब्याट्रीयुक्त दुइ पाँग्रे इलेक्ट्रीक सवारी निर्माण गर्ने घोषणा गरेका थिए । नयाँ प्लाटफर्ममा निर्माण हुने यो मोडलमा उपलब्ध ब्याट्रीले ३ देखि १० किलोवाटसम्म पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ । इलेक्ट्रक बाइक मोडल सन् २०२२ मा बजारमा आउने छ ।

यसको साथै बजाजले इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ  । उक्त स्कुटरको फ्रन्टमा फेसिका, रि स्टाइल पेन्टागन सेप हेडलाइट दिइने छ । यसमा आकर्षक ह्यान्डल बार, हेडल्याम्प, एलइडी, ब्याक्लिट स्विचगियरको विशेषता दिइने छ । स्प्लिट स्टाइलको एलइडी टेल लाइट, पिलन ग्राब रेल डिजाइन, सर्कुलर शेपको इन्स्ट्रुमेन्ट कन्सोल, ट्रियाङ्गुलर सेपको रियर भ्यु मिरर, क्रोम हेडलाइट, युएसबी पोर्ट, डिसेन्ट अन्डर सिट स्टोरेज स्पेश लगायतका विशेषता यो बाइका दिइने कम्पनीले जनाएको छ ।  


Back_to_top