भारतमा हिरोलाई पहिलो पटक पछि पार्दै बजाज बन्यो सबैभन्दा धेरै विक्री गर्ने कम्पनी

बजाज अटो पहिलो पटक भारतमा धेरै यूनिट विक्री गर्ने कम्पनी भएको छ । बजाज अटोले भारतमा हिरोलाई उछिनेर पहिलो पटक सबैभन्दा धेरै यूनिट मोटरसाइकल विक्री गर्न सफल भएको हो ।

बजाजले २०२१ को नोभेम्वरमा कुल ३ लाख ३७ हजार ९६२ यूनिट मोटरसाइकल विक्री गरेर पहिलो स्थान हासिल गर्न सफल भएको हो । यो आकंडमा भारतको डोमेस्टीक मार्केट तथा निर्यात दुबै समावेस रहेको छ ।

तर डोमेस्टीक मार्केटलाई मात्र आधार मानेर हेर्दा भने हिरो नै पहिलो नम्वरमा रहेको छ । हिरोले भारतीय बजारमा मात्र नोभेम्वरमा ३ लाख ८ हजार ६५४ यूनिट विक्री गरेको छ ।

बजाजले भारतीय बजारमा १ लाख ४४ हजार ९५३ यूनिट विक्री गरेको छ भने १ लाख ९३ हजार ९ यूनिट मोटरसाइकल निर्यात गरेको छ । बजाज मोटरसाइकल ७० भन्दा धेरै देशमा विक्री हुँदै आइरहेको छ ।

कम्पनीले हालै मात्र २५० सीसी सेग्मेन्टमा दुई मोटरसाइकल सार्वजनिक गरेको थियो ।


Back_to_top