काठमाडौं । भारतमा बनेका स्कुटर एकपछि अर्को नेपाल आइरहेका छन् । बजारमा भारतीय स्कुटरहरु बढेसँगै उपभोक्तालाई कुन राम्रो छ भन्ने अन्योलता पनि बढ्दै गएको पाइन्छ ।
यस्तोमा आगामी ‘नाइमा नेपाल मोविलिटी एक्स्पो’मा बिक्री सुरु हुने अनुमान गरिएको यी दुई स्कुटरमा कुन किन्दा ठिक होला भन्ने अन्योलमा हुनुहुन्छ भने हामी तपाईको अन्योलतालाई केही सहजिकरण गर्दैछौं ।
कुरा गरौं ब्याट्री साइजबाट, एथरले रिज्टामा २.९ र ३.७ किलोवाट आवर दुई ब्याट्री अप्सन दिएको छ । जसको रेन्ज क्रमशः १०५ र १२७ किलोमिटरसम्म रहनेछ । यसको टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघण्टा छ ।
बजाज चेतकको ३५०१ मोडलमा ३.५ किलोवाट आवरको ब्याट्री छ । कम्पनीको दावी अनुसार यसले फुलचार्जमा १५३ किलोमिटर रेन्ज दिन्छ । यसको टप स्पिड ७३ किलोमिटर प्रतिघण्टा छ । कम्पनीले जे दावी गरेपनि दुवै स्कुटरको रेन्ज चालकको ड्राइभिङ ह्विट र सडकको अवस्थामा निर्भर हुन्छ ।
दुवै स्कुटरमा आर्कषक फिचरहरु छन् । एथर रिज्टामा स्कीड कन्ट्रोल, टो एण्ड थेप अलर्ट, एमर्जेन्सी स्टप सिंग्नल, अनबोर्ड, गुगल म्याप नेभिगेसन, लाइभ लोकेसन सेयरिङ सिस्टम जस्ता आधुनिक फिचर पाउन सकिन्छ ।
बजाज चेतकमा टीएफटी टच स्क्रीन डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, म्युजिक कन्ट्रोल, म्याप जस्ता अत्याधुनिक फिचरहरु उपलब्ध छन् ।
एथरका इलेक्ट्रीक स्कुटर नेपालमा वैद्यज् इनर्जीले र बजाज चेतक गोल्छा ग्रुपले बिक्री गर्ने छ । एथरले रिज्टाको बुकिङ खुला गरिसकेको छ भने बजाजको चेतक ३५०१ को परीक्षण गरिरहेको छ ।
यी दुबै स्कुटर कम मूल्यको इलेक्ट्रीक स्कुटर हुने बताइएको छ । तर, मूल्य थाहापाउन भने अझै साउन २१ गतेसम्म कुर्नु पर्ने हुन्छ ।

