काठमाडौं । बजाज मोटरसाइकलको आधिकारीक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले १९ हजार ९९९ रुपैयाँ डाउन पेइमेन्टमा २ लाख ५ हजार ९०० रुपैयाँ मूल्य रहेको बजाज डिस्कभर १५० बिक्री गरिरहेको छ ।
यसरी हेर्दा कम्पनीले १० प्रतिशत डाउन पेइमेनटमा नै बाइक बिक्री गर्न लागेको हो । कम्पनीले केहि समय अगाडिदेखि डिस्कभर किन्ने सोच बनाएका ग्राहकलाई आर्कषित गर्न यस्तो अफर संचालन गरिरहेको जनाएको छ ।
कम्पनीले १२५ सीसी डिस्कभर पनि सोही डाउन पेइमेन्टमा किन्न सकिने जनाएको छ । डिस ब्रेकसहितको डिस्कभर १२५ को मूल्य १ लाख ८७ हजार ९०० र ड्रम ब्रेक भएको भर्सनको मूल्य १ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ ।
बजाजका सबै आउटलेटबाट ग्राहकले यो बाइक किन्न सक्ने छन् ।

