पत्याउनु हुन्छ ? यो बजाज डोमिनार हो

नेपालमा मोटरसाइकल मोडिफाई कानुनले बर्जित गरेको छ । तर, भारतमा बिभिन्न कम्पनीका रुपमा मोडिफाई कम्पनीहरु नै खुलेका छन् । यस्ता खुलेका मोडिफाई कम्पनीहरुले कम मूल्यका मोटरसाइकललाई महंगो मूल्यका मोटरसाइकलमा परिमार्जन गर्ने गरेका छन् ।

भारतको दिल्लीमा रहेको बिट्टु बाइक मोडिफिकेशन कम्पनीले बजाज डोमिनारलाई सुजुकीको चर्चित मोटसाइकल हायबुसामा परिणत गरेको तस्विर इन्टरनेटमा चर्चित मात्र बनेन अटो मिडियाले यसलाई समाचार नै बनाएका छन् ।

हामीले यो समाचारलाई गाडीवाडी डटकमबाट लिएका हौं । कम्पनीले डोमिनारलाई हायबुसामा परिणत गर्ने क्रममा यसको इन्ट्रुमेन्ट क्लस्टर, सिट, डियुल डिस्क ब्रेक सेटअप, दुई वटा साइलेन्स पाइप जस्ता फिचर दिएको छ ।

कम्पनीले यसको बाहिरी डिजाइन बाहेक अन्य कुनै किसिमको परिमार्जन गरेको छैन ।


Back_to_top