टाटाले आफ्नो प्रिमियम ह्याचव्याक कार अल्ट्रोज पेट्रोल र डिजेल इन्जिनमा सार्वजनिक गरेको छ । कम्पनीले दुई इन्जिन अप्सनको समान ५/५ भेरियन्ट सार्वजनिक गरेको हो ।
एक्सई, एक्सएम, एक्सटी, एक्सजेड र एक्सजेड (अप्सनल) दुबै डिजेल र पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । टाटाले अल्ट्रोजको सुरुवाति भेरियन्ट एक्सईको भारतमा एक्स शोरुम मूल्य ५ लाख २९ हजार तोकेको छ भने डिजेल इन्जिनयुक्त सबैभन्दा महंगो भेरियन्ट एक्सजेड (ओ)को मूल्य ९ लाख २९ हजार रुपैयाँ तोकेको छ ।
अल्ट्रोजको लम्बाई ३९९०, चौडाई १७५५ र उचाई १५२३ एमएम रहेको छ भने यसमा २५०१ एमएमको ह्वीलबेस दिइएको छ । यसमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको छ ।
टाटा मोटर्सको नेपालको लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले यसलाई आगामी फेब्रुअरीमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

