दशैं लक्षित बजाजको ‘ग्राण्ड कार्निभल’, मोटरसाइकल किन्नेलाई फाइदै फाइदा

काठमाडौं । बजाज मोटरसाइकलको ‘ग्राण्ड कार्निभल’ सुरु भएको छ । कम्पनीले आउँदै गरेको चाडपर्वको अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा ग्राण्ड कानिर्भल सुरु गरेको हो ।

कम्पनीले आयोजना गरेको यस ग्राण्ड कार्निभलमा ग्राहकले भनेजति भ्यालुएसन र भनेजति फाइनान्स सुविधामा मोटरसाइकल किन्न र एक्सचेन्ज गर्न पाउने छन् । यसबाट नयाँ मोटरसाइकल किन्नेदेखि एक्सचेन्ज गर्नेसम्मले फाइदै फाइदा पाउने देखिन्छ ।

स्कीम बारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस्

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले आयोजना गरेको यो कार्निभलमा १८ भन्दा धेरै भ्यालुएशन कम्पनीहरु सहभागी रहेका छन् ।

ग्राहकले कुनैपनि ब्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटर ल्याएर उत्कृष्ट भ्यालुएशनमा आफ्नो पुरानो सवारी साधनसँग बजाजको नयाँ मोटरसाइकल साट्न सक्नेछन् ।

यस कार्निभलमा ग्राहकले फाइनान्स स्कीम अन्तर्गत आफुलाई सहज हुने फाइनान्स योजना छनोट गर्न सक्नेछन् । जसमा कम डाउन पेमेन्ट वा शुन्य प्रतिशत ब्याजदर जस्ता योजना समावेश छन् ।

बजाज ग्राण्ड कार्निभलमा कम्पनीले चलाई रहेको ‘फेस्टिभ स्कीम’समेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । जसमा ग्राहकले हरेक बजाज मोटरसाइकलको खरिदमा २५ गुणासम्म नगद क्यास जित्न सक्नेछन् ।

आजबाट सुरु भएको बजाज ग्राण्ड कार्निभल २९ असोजसम्म चल्नेछ ।


Back_to_top