होन्डाको बिग बाइक किन्दा १ लाख नगद छुट

काठमाडौं । होन्डाका बिग बाइक सेग्मेन्टका मोटरसाइकल खरिदमा १ लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले फेस्टिभ स्कीम अन्तर्गत उक्त छुट दिने भएको हो ।

कम्पनीका अनुसार फेस्टिभ स्कीम अन्तर्गत होन्डा Hornet 2.0 मोटरसाइकल किन्दा १२ हजार रुपैयाँ नगद छुट पाइने छ । त्यस्तै कम्पनीले होन्डा XR 190L मा १० हजार र XR 150 L मा २५ हजार रुपैयाँ नगद छुटको व्यवस्था गरेको छ ।

त्यसैगरी, होन्डा CRF 300 र CRF Rally मा १५ हजार रुपैयाँ छुट उपलब्ध रहेको छ । बिग बाइक सेग्मेन्टमा सबैभन्दा धेरै छुट होन्डा CBR 250 मा रहेको छ । कम्पनीले CBR 250 मा नगद १ लाख रुपैयाँ छुटको व्यवस्था गरेको हो ।

साथै, फेस्टिभ स्कीम अन्तर्गत स्क्रयाचमार्फत १० लाखसम्म जित्न सकिने कम्पनीले जनाएको छ । सोही स्कीममा ग्राहकले स्क्रयाचका अलावा अर्को स्क्रयाच वा ५ वर्षको वार्षिक मेन्टिनेन्स खर्चको स्कीम छनोट गर्न सक्नेछन् ।

त्यस्तै, फाइनान्समा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहाने ग्राहकले १ प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् । यो स्कीम होन्डाको देशभरका शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


Back_to_top