बेनेलीको ‘नाउ अर नेभर’ अफर : दुई मोडलका मोटरसाइकल किन्दा थाइल्यान्ड भ्रमण पक्का !

काठमाडौं । बेनेली मोटरसाइकलले ‘नाउ अर नेभर’ स्कीम सार्वजनिक गरेको छ । बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेशलले चाडपर्वको अवसरमा उक्त अफर सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार बेनेलीका दुई मोडलका मोटरसाइकल किन्दा थाइल्याण्ड भ्रमण गर्न पाइने छ । बेनेली नेकेड स्पोर्टस् मोटरसाइकल १८० एस र एड्भेन्चर मोडल टीआरके २५१ मोटरसाइकल खरिद गर्दा ग्राहकले थाइल्यान्ड भ्रमण गर्न पाउने कम्पनीले जनाएको छ ।

यो स्कीम सीमित अवधिको लागि मात्र लागू हुनेछ । कम्पनीले बेनेली १८० एस ४ लाख २९ हजार ९०० रुपैयाँ र टीआरके २५१ एड्भेन्चर मोटरसाइकल ७ लाख ६४ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको छ ।

यसका साथै कम्पनीले १० हजाररुपैयाँदेखि १ लाख रुपैयाँसम्मको नगद छुट तथा हरेक हप्ता बेनेली राइडिङ ज्याकेट र मासिक हिरो गो प्रो ११ जित्न सकिने स्कीम समेत संचालनमा ल्याएको छ ।


Back_to_top