काठमाडौं । सन् २००१ मा पल्सर रेन्जको मोटरसाइकल उत्पादनसँगै अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको बजाज कम्पनी हाल विश्वकै उत्कृष्ट मध्यको एक टुह्वीलर उत्पादक बनेको छ । विश्वशनिय उत्पादन तथा बजार नेटवर्किङको कारण अहिलेसम्म बजाज कम्पनीले संसारभरका ७० देशमा आफ्नो ब्रान्ड बिक्री गर्दै आएको छ ।
भारतका मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनीमध्ये पहिलो स्थानमा रहेको बजाजले भारतको मात्रै नभई बिभिन्न देशको राजश्वमा ठूलो सहयोग गरेको छ । बजाज कम्पनीले पछिल्लो १० वर्षमा १३ बिलियन अमेरिकी डलरको ब्यापार गरिसकेको छ भने, २०१८मा मात्रै २ मिलियन युनिट मोटरसाइकल बिक्री गरेको छ ।
कम्पनीले अहिलेसम्म विभिन्न ७० देशमा १५ मिलियन मोटरसाइकल बिक्री गरेको बजाज कम्पनीले ‘मेक इन इन्डिया’को लागि नयाँ बेन्चमार्क निर्माण गरेको दाबी गरेको छ । योसँगै कम्पनीले आफुलाई उत्कृष्ट सावित गरेको छ ।
रसिया र मलेशिया, अर्जेन्टिना र मेक्सिको लगायतका देशमा कम्पनीको उत्पादन इन्डियन ब्रान्डको नामले बिक्री बितरण हुनेगरेको कम्पनीका म्यानेजिंग डायरेक्टर राजिव बजाजले बताएका छन् ।
राजिवले अन्तर्राष्ट्रिय स्तरमा बजाज कम्पनी प्रति स्थापित विश्वास अतुलनीय भएको बताएका छन् । उनले भने ‘बजाज कम्पनीद्धारा उत्पादीत उत्पादन वास्तवमा विश्वकै ब्रान्ड बनेको छ । आकर्षक डिजाइन, प्रविधी, गुणस्तर तथा ग्राहकको विश्वासले हामीलाई यो स्थान दिएको हो । बजाजले ‘द वल्र्ड फेभरेट इन्डियन’ ब्रान्डको नाम पाएसंगै थप उत्साह मिलेको छ ।’
पछिल्लो १७ वर्षमा बजाज संसारकै तेस्रो ठूलो मोटरसाइकल उत्पादक कम्पनी बनेको बताउँदै उनले आगामी दिनमा आफ्नो बजार नेटवर्किङ थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

