काठमाडौं । बजाज कम्पनीले अर्बानाइट इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका म्यानेजिङ्ग डायरेक्टर राजिब बजाजले वर्ल्ड फेवरेट इन्डियन ब्रान्डमा आधारित नयाँ इलेक्ट्रीक स्कुटर सार्बजनिक गर्ने तयारी गरेको जानकारी दिए ।
यद्यपी उनले उक्त स्कुटर कहिलेबाट बजारमा आउने छ भन्ने विषयमा भने कुनै जानकारी दिएका छैनन् ।
गत नोभेम्बर २६ मा राजिब बजाजले टेस्लाको रणनीति अनुसार बजाजले इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलको उत्पादन गर्ने जानकारी दिएका थिए ।
राजिबको भनाई अनुसार आगामी केही महिना भित्रै इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने तयारी भइरहेको बिभिन्न संचारमाध्यमले आाकलन गरेका छन् ।
त्यसको लागि कम्पनीले अष्ट्रियाको टु ह्वीलर कम्पनी केटीएमको प्रविधी अबलम्बन गरिएको हुनसक्ने जनाईएको छ । राजिबकाअनुसार कम्पनीले उच्च पफर्मेन्स र आकर्षक डिजाइनमा स्कुटर बजारमा उतार्ने दाबी गरेका छन् ।
ती स्कुटरमा पावरफुल मोटर, ब्रेक थ्रु प्रविधी तथा ठुलो रेन्जको ब्याट्री राखिने उनले बताए । उक्त इलेक्ट्रीक स्कुटरको मूल्य करिब १ लाख भारुको हारहारीमा रहने अनुमान गरिएको छ । भारतीय बजारमा अथर ४५०, ओकिनावा प्रेज जस्ता इलेक्ट्रीक स्कुटरसँग अर्वानाइन स्कुटरको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।


