यस्तो छ कावासाकी निन्जा ZX-6R

जापानको अटोमोबाइल्स कम्पनी कावासाकीले भारतीय बजारमा निन्जा जेडएक्स–६ आर मोडल सार्वजनिक गरेको छ । 

कम्पनीले अन्तर्राष्ट्रिय रेसिङ्ग च्याम्पियनसिपमा राम्रो नतिजा प्राप्त गरेको निन्जा जेडएक्स–६ आरप्रति निकै आशा राखेको छ । कावासाकी जेडएक्स–१० आरबाट प्रभावित यो मोडलमा ट्वाइन एलईडी हेडलाइट सेटअप, सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र स्पोर्टी टेल सेक्सन दिइएको छ । 

अन्य मोडलमा जस्तै कावासाकी इन्टेलीजेन्ट एन्टी–लक ब्रेक सिस्टम दिइएको छ भने कावासाकी क्वीक–सिफ्टर र कावासाकी ट्याक््रसन कन्ट्रोलको विशेषता उपलब्ध छ । यसमा उपलब्ध ६३६ सीसी इन्–लाइन फोर–सिलिन्डर लिक्विड–कुल्ड इन्जिनले १३ हजार सय आरपीएममा १३० पीएस पावरकासाथै ११ हजार आरपीएममा ७०.८ एनएम–टर्क उत्पादन गर्छ । 

नेपाली बजारमा कावासकीको आधिकारक वितरक नभएका कारण यी बाइकहरु नेपाली बजारमा उपलब्ध रहेका छैनन् । तर, केही व्यवसायीक घरानाहरु यो कम्पनीलाई नेपाली बजारमा ल्याउन लागिपरेको बिभिन्न सुत्रबाट हामीले थाहा पाएका छौं ।


Back_to_top