२५० सीसीभन्दा कमको डोमिनारमा बढ्यो ४७ हजार, पल्सर २२० मा ७ हजार मात्रै

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिका विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइलको मूल्य वृद्धि गरेको छ । सरकारले बजेटमार्फत २०० सीसीभन्दा माथिका मोटरसाइकलमा भन्सार दर वृद्धि गरे पश्चात् कम्पनीले मूल्य वृद्धि गरेको हो ।

कम्पनीले बजार पल्सर सिरजको पल्सर २२० एफ र डोमिनार सिरिजका दुबै मोटरसाइकलको मूल्य वृद्धि गरेको हो । कम्पनीले बजार डोमिनार २५० मा ब्यापक मूल्य वृद्धि गरेको छ ।

एउटै स्ल्यावमा पर्ने पल्सर २२० एफमा कम्पनीले ७ हजार रुपैयाँ वृद्धि गर्दा डोमिनार २५० मा भने ४७ हजार रुपैयाँ वृद्धि गरेको हो । यी दुबै मोटरसाइकलमा लाग्ने भन्सारको दर समान छ । त्यस्तै कम्पनीले बजार डोमिनार ४०० मा भने १६ हजार रुपैयाँ मात्रै मूल्य वृद्धि गरेको छ ।

सरकारले वृद्धि गरेको भन्सार दरका अनुपातमा हामीले बजार पल्सर २२० को मूल्य २७ हजार रुपैयाँसम्मले वृद्धि हुन सक्ने अनुमान गरेका थियौं । तर, कम्पनीले डोमिनारमा धेरै वृद्धि गरेर पल्सर २२० एफमा भने कम वृद्धि गरेको हो ।

नयाँ मूल्यसूचीका अनुसार बजाज पल्सर २०० एफको मूल्य ३ लाख ७४ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि यसको मूल्य ३ लाख ६७ हजार ९०० रुपैयाँ रहेको थियो ।

त्यस्तै बजाज डोमिनार २५० को नयाँ मूल्य ५ लाख ६७ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । साथै, डोमिनार ४०० को मूल्य ६ लाख २४ हजार ९०० रुपैयाँ पुगेको छ ।


Back_to_top