काठमाडौं । भारतीय अटो जाइन्ट महिन्द्राको पहिलो इलेक्ट्रीक एसयूभी एक्सयूभी ३०० तयार भएको छ । कम्पनीले अब केही महिनाको परिक्षणपछि सन् २०२३ को जनवरीमा यसलाई बजारमा ल्याउने योजना सार्वजनिक गरेको हो ।
महिन्द्राले पहिलो पटक ‘हाइ भोल्टेज’ एसयूभीको रुपमा यसलाई बजारमा ल्याउने छ । कम्पनीले अहिले विक्री हुँदै आएको एक्सयूभी ३०० मा आधारित रहने छ । तर, कम्पनीले यसको साइज, नाम लगायत परिवर्तन गरेर ल्याउन लागेको हो ।
महिन्द्रा एण्ड महिन्द्राका अनुसार नयाँ इलेक्ट्रीक एसयूभीको साइज ४.२ मिटर हुनेछ । जुन एक्सयूभी ३०० भन्दा निकै लामो हो । कम्पनीले यसमा २०० एमएमको ग्राउन्ड क्लियरेन्स दिने जनाइएको छ ।
नयाँ इलेक्ट्रीक एसयूभी टाटा नेक्सनभन्दा पावरफुल हुने छ । यसमा ११० किलोवाट क्षमताको मोटर, एलजीले उत्पादन गरेको हाइ डेनसिटी एनएमसी ब्याट्री यसमा प्रयोग हुने बताइएको छ । ब्याट्री साइजको विषयमा भने केही जानकारी दिइएको छैन ।
निकै प्रिमियम सुरक्षा फिचरको साथ आउने यो एसयूभीको सिधा प्रतिस्पर्धा हुन्डाई कोना, टाटा नेक्सन म्याक्स जस्ता मोडलसँग हुनेछ ।


