बजाजले २५० सीसी क्षमताका दुई मोटरसाइकल ल्याउने

सांकेतिक तस्विर

काठमाडौं । बजाज अटोले पल्सर सिरिजमा नयाँ मोटरसाइकल ल्याउने तयारी थालेको छ । कम्पनीले नयाँ जेनेरेशन पल्सर २५० सेग्मेन्टमा ल्याउने भएको हो ।

कम्पनीले केही समयअघि डोमिनार २५० सार्वजनिक गरेको थियो । हालसम्म पल्सर २५० को सार्वजनिक गर्ने मिति भने कम्पनीले तय गरेको छैन । सन् २०२१ को अन्त्यसम्ममा भारतमा बजाज पल्सर २५० सार्वजनिक हुने अनुमान विभिन्न रिपोर्टले गरेका छन् ।

कम्पनीले हालै सार्वजनिक गरेको एक रिपोर्टका अनुसार २५० सीसीमा नेकेड स्पोर्टस् र रेसिङ स्पोर्टस मोडल आउने छ । यसमा बजाज एनएस २५० र आरएस २५० हुने अनुमान गरिएको छ । यी मोटरसाइकलमा इन्जिन भने केटीम ड्यूक २५० बाट लिइने छ ।

बजाज पल्सर आरएस २५० फुल फिर्यड मोटरसाइकलले सुजुकी जिक्सर एसएफ २५० सँग प्रतिस्पर्धा गर्छ भने, एनएस २५० ले यामाहा एफजेड २५ र जिक्सर २५० सँग प्रतिस्पर्धा गर्छ ।

यी मोटरसाइकलमा नयाँ फिचर स्वरुप एलइडी हेडलाइट, अल डिजिटल इन्स्टुमेन्ट कन्सोल, कलर डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर रहने छ । नयाँ मोटरसाइकलमा २४८ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, एफआई इन्जिन हुनेछ । यो इन्जिनले २९ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ ।

यी दुबै मोटरसाइकल बजाज डोमिनार २५० भन्दा कम मूल्यमा सार्वजनिक हुने रिपोर्टमा उल्लेख गरिएको छ ।


Back_to_top