बजाजले पल्सर एनएस १२५ गत वर्ष पोल्याण्डमा सार्वजनिक गरेपश्चात भारतीय बजारमा सार्वजनिक गर्ने तयारी थालेको छ ।
भारतीय मिडियाका अनुसार बजाज अटोले यही चाडपर्वलाई लक्षित गरि यो बाइक भारतीय बजारमा सार्वजनिक गर्नेछ । यो बाइक बजाज पल्सर एनएस सिरिजमा सबैभन्दा सानो साइजको बाइक रहेको छ । यो बाइकमा सीबीएस ब्रेकिङ सिस्टमा रहनेछ जुन भारतमा अनिवार्य भएको छ ।
बजाज एनएस १२५ को डिजाइन हालै बन्द भएको बजाज एलएस १३५ सँग मिल्दोजुल्दो रहेको छ । १२४ सीसी सिगंल सिलिन्डर, एयरकूल्ड, ४ भल्भ इन्जिन रहने छ । यो फ्यूल इन्जेक्टेड इन्जिमा आउने अनुमानसमेत गरिएको छ । यो इन्जिनले ८५०० आरपीएममा ११.८ बीएच पावर तथा ६००० हजार आरपीएममा ११ एनम टर्क जेनेरेट गर्छ ।
यसको फ्रन्टमा २४० एमएम डिस्क तथा रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । एनएस १२५ मा ५ स्पीडको गियरबक्स रहेको छ । यसको मूल्य ६० हजार भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ । यसले हिरो ग्ल्यामर, होन्डा साइन जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।


