११० सीसीको मोटरसाइकलमा बजाजले दियो एबीएस फिचर

काठमाडौं । बजाजले ११० सीसी मोटरसाइकलमा एबीएस दिएको छ । कम्पनीले बजाज प्लाटिना ११० लाई एबीएस फिचरसहित भारतीय बजारमा ल्याएको हो ।

एबीएस फिचर युक्त प्लाटिना ११० भारतीय डिलर नेटवर्कमा पुगेको विभिन्न भारतीय मिडियाले जनाएको छ । कम्पनीले यसलाई चाँडै विक्री सुरु गर्ने भएको हो । योसँगै ११० सीसी सेग्मेन्टमा यो पहिलो एबीएस भएको मोटरसाइकल हुने छ ।

बजाज प्लाटिना २०२१ मा एबीएसका साथै केही परिवर्तनसमेत गरिएको छ । यसको अलोय ह्वीलमा पल्सर एनएस २०० मा जस्तै सेतो कलर गरिएको छ । त्यसैगरि यसको टर्न इन्डिेकेटर पहिलेको तुलनामा सार्प बनाइको छ । यसका साथै यसको ह्यान्डल बारमा नकल गार्ड (ह्याण्ड गार्ड) दिइएको छ ।

यसमा ११५ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८.६ पीएस पावर र ९.८१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यसको फ्रन्टमा २४० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा ११० एमएमको ड्रम ब्रेक दिइएको छ । त्यस्तै फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा डबल निट्रोक्स सक रहेको छ ।

हाल बजाज पल्लाटिना नन् एबीएसको मूल्य ६४ हजार ३०१ भारतीय रुपैयाँ रहेको छ । प्लाटिना ११० एबीएस भर्सनको मूल्य ३ देखि ५ हजार रुपैयाँले मात्र धेरै हुने अनुमान गरिएको छ ।


Back_to_top