२५० सीसीको मोटरसाइकलको मूल्य २३ लाख !

काठमाडौं । मोटरसाइकलमा दिइएको इन्जिन क्षमताले मात्रै मूल्य निर्धारण हुँदैन । यहि विषयलाई पुष्टी गर्न हस्कभर्ना एफइ काफी हुन्छ ।

हिमालयन मोर्टडले विक्री गर्ने एन्ड्युरो मोटरसाइकलमा हस्कभर्ना एफइ २५० मोटरसाइकलको मूल्य २३ लाख रुपैयाँ रहेको छ । यसले बजारमा ४ लाखदेखि ५ लाखसम्ममा पाइने २५० सीसीका मोटरसाइकलको भन्दा फरक दृष्य देखाउँछ । हस्कभर्नाको सबैभन्दा कम सीसीको एन्ड्युरो मोटरसाइकल एफइ हो ।

उसोत नेपालमा भारतमा उत्पादन हुने हस्कभर्ना स्भर्टपिलने २५० र भिट्पिलेन २५० पनि विक्री हुँदै आएको छ । भारतमा उत्पादन हुने हस्कभर्नाका मोटरसाइकल भने गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आयात गर्दै आएको छ । तर, तेस्रो मुलुकमा उत्पादन हुने हस्कभर्नाका एन्ड्युरो मोटरसाइकल भने हिमालयन मोर्टडले विक्री गर्दै आएको छ ।

यो मोटरसाइकलमा २४९.९ सीसी, फोर स्ट्रोक, सिंगल सिलिन्डर, डिओएचसी, ४ भल्भ, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ४६ बीएच पावर जेनेरेट गर्छ भने यसमा ६ स्पडीको गियरबक्स जडान गरिएको छ । यसमा हाइड्रोलिक क्लच प्रयोग गरिएको छ ।

त्यस्तै यो मोटरसाइकलमा डब्ल्यूपी एक्सप्लोर ४८ एमएम ट्राभल युएसडी फ्रन्ट फर्क रहेको छ भने, रियरमा डब्ल्यूपीएक्सएक्ट मोनेशक सस्पेन्सन रहेको छ । यसको दुबै चक्कामा डिस्क ब्रक दिइएको छ । यसको फ्रन्टमा २६० एमएम र रियरमा २२० एमएम हाइड्रोलिक डिस्क ब्रेक पाउन सकिन्छ ।


Back_to_top