१८० सीसी पल्सर फेरि बजारमा आउँदै

काठमाडौं । कुनै समयको निकै चर्चित मोटरसाइकल बजाज पल्सर १८० मोटरसाइकल पुनः बजारमा आउने भएको छ ।

बजाज अटोले भारतमा पल्सर १८० मोटरसाइकल केही दिनमै बिक्री सुरु गर्ने तयारी गरेको हो । पल्सर १८० भारतका विभिन्न शोरुमहरूमा देखिएको हो ।

सन् २०१८ मा पल्सर १८० को बिक्रीमा रोक लगाएसँगै कम्पनीले मोटरसाइकलको उत्पादन बन्द गरेको थियो । पछि २०२१ पुनः बजारमा प्रवेश गरेको थियो । तर केही समयमै यसको उत्पादन फेरि बन्द भएको थियो ।

क्लासिक पल्सर लाइनअपमा पल्सर १२५, पल्सर १५० र पल्सर २२० एफ रहेकोमा पल्सर १८० थपिने भएको हो ।

अहिले कम्पनीले ५ वर्षपछि पुनः पल्सर १८० बजारमा उतारेको हो । यसअघि उपलब्ध पल्सर १८० मा १७८.६ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिन रहेको थियो । उक्त इन्जिनले अधिकतम १७.०२ पीएस पावर र १४.५२ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियर बक्स हुनेछ ।

नयाँ देखिएको मोटरसाइकलमा नयाँ डिजाइन एलईडी हेडल्याम्प, फिचर लोडेड इन्स्ट्रुमेन्ट क्लस्टर, नेभिगेशन, कनेन्ट फिचर, एलईडी इन्डिकेटरका साथै एबीएस लगायतका फिचर उपलब्ध हुनेछ ।

 


Back_to_top