१ लाख २२ हजारमै बजाज पल्सर एन २५० !

काठमाडौं । हालै नेपाली बजारमा भित्रिएको बजाज पल्सर एन २५० एक लाख २२ हजार रूपैयाँ डाउन पेमेन्टमै पाइने भएको छ । बजाजले ल्याएको फाइनान्स स्कीम अन्तर्गत कम डाउन पेमन्टमै बजाज पल्सर एन २५० किन्न पाइने भएको हो ।

बजाजले आधाको आधा डाउन डाउन पमेन्ट अन्तर्गत २५ प्रतिशत रकम बुझाएर मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको हो ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले ल्याएको यो स्कीममा ७ हजार रुपैयाँसम्म नगद छुटसमेत दिने जनाएको छ ।

बजाजले ४ लाख ८९ हजार ९०० रुपैयाँ तोकेर विक्री सुरू गरेको छ । यो मोटरसाइकल २५ प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम २ वर्षमा चुक्ता गर्नु पर्ने कम्पनीले जनाएकाे छ ।

यस्तो छ मोटरसाइकल

बजाज पल्सर एन २५० मा २४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयल कुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८७५० आरपीएममा २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकलमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

पल्सर एन २५० को लम्वाई २०३५ एमएम, चौडाई ७५० एमएम, उचाई ११६५ एमएम, ह्वीलवेस १३५१ एमएम, सिट हाइट ७९५ एमएम रहेको छ । भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

उत्कृष्ट ब्रेकिङको लागि पल्सर एन २५० को फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको छ । यसमा डबल च्यानल एबीएसले यसलाई सुरक्षित बनाएको छ ।

आरामदायी यात्राको लागि मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन र पछाडि निट्रोक मोनोसक दिएको छ । मोटरसाइकलमा दुबैतर्फ १७ इन्चको अलोय ह्वील छ ।

युवा पुस्तामैत्री निर्माण गरिएको मोटरसाइकलको फ्रन्ट लुक्स निकै बोल्ड छ । मोटरसाइकलमा दिइएको मस्कुलर सेमी डिजिटल कन्सोलमा डिजिटल ट्रिप मिटर, स्पीडोमिटर, गियर इन्डिकेटर, फ्युल वार्निङ इन्डिकेटर, फयुल गज, क्लक, ट्रिप मिटर काउन्ट जस्ता फिचर रहेका छन् ।

बजाजले पल्सर एन २५० मा वाइ फंग्सनल एलइडी प्रोजेक्टर हेडल्याम दिएको छ ।


Back_to_top