तीन दिनपछि पल्सर सिरिजको सबैभन्दा सस्तो मोटरसाइकल आउने

काठमाडौं । तीन दिनपछि बजाजले पल्सर सिरिजको सबैभन्दा सस्तो मोडल सार्वजनिक गर्ने भएको छ । भारतीय मोटरसाइकल उत्पादक बजाजले एन-१२५ मोटर साइकल अक्टोबर १६ तारिखमा सार्वजनिक गर्ने भएको हो ।

आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै कम्पनीले पल्सर सिरिजको सबैभन्दा सस्तो मोडल बजारमा ल्याउन लागेको हो । यसअघि कम्पनीले पल्सर एन सिरिजमा थुप्रै मोडल ल्याएको थियो ।

बजाजले आफ्ना प्रतिस्पर्धी टीभीएस रेडर-१२५ र हिरो एक्सट्रीम-१२५ सँग प्रतिस्पर्धा गर्नेगरी पल्सर एन-१२५ ल्याउन लागेको हो । बजाजको नयाँ पल्सर एन १२५ मोडल निकै स्पोर्टी लुक्समा उपलब्ध हुनेछ ।

कम्पनीले यसमा १२५ सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन दिनेछ । यसमा ५ स्पीड गियरबक्स पाउन सकिन्छ । अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्स उपलब्ध हुने एन-१२५ मोडलमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक पाउन सकिन्छ ।

बजाजले टप भेरियन्ट एन-१२५ मा डबल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस दिने छ । साथै, अल डिजिटल क्लष्टर उपलब्ध हुने मोटरसाइकलमा ब्लूटुथ कनेक्टीभीटी उपलब्ध हुनेछ । एलइडी हेडल्याम्प, स्लीक बडी प्यानल, ब्ल्याक फिनिस अलोय ह्वील, स्प्लीट ग्रायाबरेल रहनेछ ।


Back_to_top