बजाजले आफ्ना ग्राहकलाई दियो थप वारेन्टी, यस्तो छ समयावधि

काठमाडौं । बजाजको नेपालको लागि आधिकारीक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिमा आफ्ना ग्राहकलाई दिइएको वारेन्टी पिरियड बढाएको घोषणा गरेको छ । कम्पनीले आज उक्त कुराको जानकारी दिएको हो ।

बजाजले दिएको वारेन्टी र फ्रि सर्भिसको समय दुबैमा बढोत्तरी गरेको हो । कम्पनीले मार्च २० तारिखदेखि अप्रिल ३० सम्म वारेन्टी पिरियड कायम रहेका सबै मोटरसाइकलको वारेन्टी र फ्रि सर्भिसको समयअवधि मे ३१, २०२० सम्मलाई कायम रहने उल्लेख गरेको छ ।

कम्पनीले आफ्ना ग्राहकलाई सामाजिक दुरी कायम गर्दै आफ्नो मोटरसाइकलको चिन्ता नलिई ढुक्कसँग सुरक्षीत रहन अपिलसमेत गरेको छ ।

बजाज नेपालमा सर्वाधिक मोटरसाइकल बिक्री गर्ने मध्यको एक कम्पनी हो । कम्पनीले पल्सर सिरिजमा १२५, १५०, २२० र पल्सर एनएसमा १६० र २०० तथा एभेन्जर, डिस्कभर लगायतका मोडल बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top