बन्द भयो चर्चित दुई डिजेल एसयूभी, यस्ताे छ नेपालमा मूल्य

काठमाडौं । हुन त नेपालको सहरी क्षेत्रमा डिजेल कार खासै रुचाइदैन । तर पछिल्ला दिनमा रेनो डस्टर र मारुती सुजुकी भिटारा ब्रेजाले निकै राम्रो व्यापार गर्न सफल भएको थियो ।

रेनाको डस्टर कम्प्याक्ट एसयूभी हो भने भिटारा ब्रेजा सब फोर मिटर एसयूभी हो । अब यी दुबै डिजेल एसयूभी बन्द हुने भएका छन् ।

मारुती सुजुकीले पेट्रोल ब्रेजा भारतमा सार्वजनिक गरिसकेको छ भने रेनोले डस्टर सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको समयमा कोरोना भाइरसको कारण लकडाउन भएकाले अब लकडाउन खुलेपछि पेट्रोल डस्टर सार्वजनिक हुने छ ।

नेपाली बजारमा डिजेल डस्टर विभिन्न ६ भेरियन्टमा उपलब्ध रहेको थियो । अब यी सबै भेरियन्ट क्रमिक रुपमा नेपालमा पनि उपलब्ध हुने छैनन् । अहिले डस्टरको आरएक्सएस डिजेल भेरियन्टको मूल्य ४५ लाख १५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी आरएक्सजेडको मूल्य ५१ लाख ९ हजार, आरएक्सएसको ४५ लाख ९० हजार, आरएक्सजेड एएमटीको ५३ लाख ४६ हजार, आरएक्सजेड (एडब्ल्यूडी)को ५९ लाख ९ हजार र आरकेजेड (एडब्ल्यूडी) को मूल्य ५८ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

डस्टर डिजेलमा १.५ लिटर १४६१ सीसी क्षमताको इन्जिन दिइएको छ ।

मारुती सुजुकी भिटारा ब्रेजामा १२४८ सीसी क्षमताको डिजेल इन्जिन दिइएको छ । यो कम्पनीको निकै सफल डिजेल इन्जिनको रुपमा रहेको थियो ।

नेपालमा ब्रेजाको तीन भेरियन्ट बिक्री वितरण हुँदै आएको छ । कम्पनीले ब्रेजाको भिडिआई (अप्सनल) को मूल्य ३९ लाख ४९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । त्यसैगरी जेडडीआई प्लस भेरियन्टको मूल्य ४४ लाख ९९ हजार र जेडडीआई प्लस ड्यूल टोनको मूल्य ४५ लाख २९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top