काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक सर्भिस नेटवर्कमा सप्ताहव्यापी निःशुल्क चेकअप क्याम्प संचालन भइरहेको छ । माघ २५ गतेबाट सुरू भएको चेकअप क्याम्प फागुन १ गतेसम्म संचालन हुनेछ ।
देशभर रहेका बजाजका आधिकारिक सर्भिस सेन्टरमा चलिरहेको चेकअप क्याम्पमा बजाजका कुनै पनि मोटरसाइकलको अवस्था निःशुल्क जाँच गर्न सकिनेछ । यसरी जाँचपछि समस्या देखिएमा मर्मतको लागि पनि विशेष छुट स्कीम कम्पनीले दिएको छ ।
कम्पनीका अनुसार बजाज मोटरसाइकल बनाउनु पर्दा लाग्ने लेबर चार्जमा ५० प्रतिशत छुट दिइने छ । सर्भिसिङ गर्दा पनि परिवर्तन गर्नु पर्ने इन्जिन आयलमा १६ प्रतिशत छुट दिएको छ ।
यी छुटको अलवा बजाजले विभिन्न पार्ट्स फेर्नु पर्दा जेनुइन पार्ट्समा १० प्रतिशत र युरोग्रिप टायरमा पनि १० प्रतिशत नै छुट दिने जनाएको छ । बजाज नेपाली बजारमा सबैभन्दा धेरै मोटरसाइकल बिक्री गर्ने कम्पनीमा पर्छ ।
नेपालमै सबैभन्दा पहिला मोटरसाइकल एसेम्बल गर्ने ब्राण्डको रूपमा अलग पहिचान निर्माण गरेको बजाजले पल्सर सिरिज, डोमिनार सिरिज, प्लाटिना, एभेन्जर जस्ता मोडलहरू बिक्री गर्दै आएको छ ।


