४६ लाखमा बिक्री सुरू भयो स्कोडा काइल्याक

काठमाडौं । नेपालममा स्कोडाको सब फोर मिटर एसयूभी काइल्याकको आधिकारिक बिक्री सुरू भएको छ ।

नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता स्कोडा एमएडब्लू क्यारियरले सुरूआती मूल्य ४५ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

कम्पनीले नेपाली बजारमा काइल्याकको अटोमेटिक र म्यानुअल दुवै अप्सन उपलब्ध गराएको छ । जसमा म्यानुअलको सुरूवाती मूल्य ४५ लाख ९० हजार र अटोमेटिकको ५२ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

कम्पनीले नेपालमा बिक्री सुरू गरेको काइल्याक भारतमा उत्पादन भएको हो । स्कोडाले भारतमा जनवरी २०२५ बाट बिक्री सुरू गरेको काइल्याक निकै आकर्षक डिजाइनमा उपलब्ध मोडल हो ।

स्कोडाको ‘मोर्डन सोलिड डिजाइन ल्याङ्वेज’मा तयार भएको काइल्याकको अगाडि प्रयोग भएको लाइट र ग्रिलको कम्बिनेसन उत्कृष्ट छ । यसमा एलइडी डे टाइम रनिङ लाइट सहितको स्प्लीट हेडल्याम्प क्लस्टर छ । निकै स्लीम डिजाइनको ग्रिल प्रयोग भएको काइल्याकको बनेटमा पनि क्रिजहरू प्रयोग भएको छ । पछाडिको लाइट भने टी अक्षरको आकारमा प्रयोग गरिएको छ ।

भारतमा बनेका अन्य प्रतिस्पर्धी मारुती सुजुकी ब्रेजा, महिन्द्रा थ्रीएक्सओ, हुन्डाई भेन्यू, किया सोनेट र निसान म्याग्नाइट जस्तै यसको लम्बाइ ३९९५ एमएम छ । यसमा २५६६ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

 

स्कोडा काइल्याक ग्राउण्ड क्लियरेन्स १८९ एमएम अग्लो छ । अझ बलियो पक्ष यसमा १७ इन्चको ह्वील पाउन सकिन्छ । काइल्याकमा दिएको रुफरेल र क्लाइडिङले एसयूभी लुक्स प्रदान गरेको छ ।

काइल्याकको ड्यासबोर्ड कुशक एसयूभीसँग मिल्दोजुल्दो देखिन्छ । एसी भेन्ट, क्लाइमेट कन्ट्रोल प्यानल, टु स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १० इन्चको इन्फोटेन्मेन्ट स्क्रीन ठ्याक्कै कुशकको जस्तै छ ।

स्कोडाले आफ्नो इन्ट्री मोडल एसयूभीको टप भेरियन्टमा सिंगल प्यानल सनरुफ, किलेस इन्ट्री, वायरलेस फोन चार्जर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट सिट दिएको छ ।

युरोपियन कार निर्माताले बनाएको एसयूभीले भारत एनक्याप क्र्यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ । यसमा ६ एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलीटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफ्रेन्सियल लक जस्ता फिचर उपलब्ध छन् ।

स्कोडको काइल्याकमा फक्सवागेन ग्रुपले उत्पादन गरेको थ्री सिलिण्डर १.० टीएसआई टर्बो पेट्रोल इन्जिन उपलब्ध छ । कुशक एसयूभीमा पनि प्रयोग भएको उक्त इन्जिनले ११५ ब्रेकहर्स पावर र १७८ न्युटन मिटर टर्क जेनेरेट गर्छ । यसको ६ स्पीडको अटोमेटिक र म्यानुअल गियरबक्स छ । स्कोडाको काइल्याकले मात्र १०.५ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ ।


Back_to_top