गाडी किन्न ऋण खोज्नेले जानै पर्ने ८ बैंक

काठमाडौं । बैंकबाट कर्जा लिएर गाडी किन्नेले १० प्रतिशतभन्दा कम ब्याजदरमै ऋण पाउने अवस्था आएको छ । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रेसँगै ब्याजदर पनि सस्तिँदै गएको हो ।

पछिल्ला महिनाहरूमा बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जामा निरन्तर ब्याजदर घटाइरहेको छन् । चालु वर्षको कात्तिकदेखि निरन्तर निक्षेपकाे ब्याजदर घटाएका बैंकहरूले पुसदेखि  कर्जाकाेसमेत ब्याजदर घटाउँदै लगेका हुन् ।

बैंकहरूको ब्याजदर घट्नुमा बैंकहरूको आधारदर (बेसरेट) को भूमिका महत्वपूर्ण रहेको छ । अहिले बैंकहरूको औषत आधारदर ९.२६ प्रतिशत रहेको छ । जुन २०७९ असार यताकै सबैभन्दा कम हो । त्यसैले बैंकको ब्याज निरन्तर घट्दै गएको हो ।

अहिले आधारदरकै आधारमा सबैभन्दा कम ब्याजदरमा ऋण दिन सक्ने स्ट्याण्डर्ड चार्टर्ड बैंक हो । यसको आधारदर ७.५२ प्रतिशत छ । तर, चाटर्डले अटो कर्जा बन्द गरेको २ वर्षभन्दा बढी भइसकेको छ ।

यी हुन् कम ब्याजदरमा कर्जा दिन सक्ने बैंकहरु

आधारदर जति कम भयो बैंकहररूले उति नै सस्तो ब्याजदरमा कर्जा दिन सक्छन् । फागुन महिनाको आधारमा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा कम ब्याजदरमा कर्जा दिन सक्छ । बैंकले गत दशैंमा नै १० प्रतिशतभन्दा कम ब्याजदरमा अटो कर्जा दिएको थियो ।

एभरेष्ट बैंकको आधारदर ८.४८ प्रतिशत रहेको छ । बैंकले पनि १० प्रतिशतभन्दा कममा नै कर्जा दिन सक्छ । त्यसैगरी, अर्को सस्तो दरमा कर्जा दिन सक्ने बैंक नेपाल बैंक हो । यसको आधारदर ८.७५ प्रतिशत रहेको छ ।

बैंकहरूकाे बेसरेट

थोरै बेसरेट भएको बैंकको सूचीको ५ औं स्थानमा नबिल बैंक छ । उसको आधारदर ८.८६ प्रतिशत छ ।

यी बैंकको भन्दा बढी आधारदर भए पनि १० प्रतिशतसम्म ब्याजदरमा नै कर्जा दिन ग्लोबल बैंकले स्कीम चलाइरहेको छ । साथै, नेपाल इन्भेष्टमेन्ट मेघा, सिद्धार्थ र प्रभु बैंकले पनि कम ब्याजदरमा कर्जा दिन सक्छन् । यी बैंकको आधारदर ९.३ प्रतिशतभन्दा कम छ ।


Back_to_top