भोलि एकैपटक ५० वटा नयाँ २५० ड्यूक ग्राहकलाई हस्तान्त्रण गरिदै (मूल्यसहित)

काठमाडौं । केटीएम २५० ड्यूकको नयाँ भर्सनको डेलिभरी सुरु हुने भएको छ । केही समयअघि बुकिङ खुल्ला गरिएको नयाँ २५० ड्यूकको भोलि (सोमबार)देखि डेलिभरी सुरु हुने भएको हो ।

कम्पनीले भोलि एकैदिन ५० यूनिट २५० ड्यूक डेलिभरी दिने भएको हो । नक्सालमा रहेको बाइकर्स क्याफेमा ४० यूनिट र काठमाडौं बाहिर विभिन्न स्थानमा १० यूनिट २५० ड्यूक डेलिभरी गर्ने कम्पनीले जानकारी दिएको छ ।

केटीएम मोटरसाइकल बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले परिर्माजन सहित ल्याएको केटीएम २५० ड्यूकमा नयाँ च्यासिस, तथा इन्जिन रहेको छ । साथै, यसमा फिचरहरु समेत थप गरिएको छ ।

केटीएम २५० मा २४९.७ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन रहेको छ । पुरानो मोडलमा डिओएचसी इन्जिन रहेको थियो भने, नयाँ मोडलमा कम्पनीले एसओएचसी इन्जिन सेटअप दिएको छ ।

नयाँ इन्जिनले पुरानो इन्जिनको तुलनामा १ पीएस पावर तथा १ एनएम टर्क ज्यादा जेनेरेट गर्छ । एसओएचसी सेटअपमा ३१ पीएस पावर र २५ एनएम टर्क जेनेरेट गर्दछ ।

त्यस्तै नयाँ मोडलमा पुरानोको तुलना १.५ लिटर ज्यादा क्षमताको इन्जिन दिइएको छ । तर, नयाँ मोडलमा पुरानोको तुलनामा ग्राउन्ड क्लिरेयन्स भने केही कम गरिएको छ । पुरानो मोडलमा १८५ एमएम रहेको ग्राउन्ड क्लियरेन्स घटेर १७६ एमएम बनाएको हो ।

यो मोटरसाइकलमा ड्यूल च्यानल एबीएस, अल एलइडी लाइट, डिजिटल डिस्प्ले, डब्लूपी अपसाइड डाउन तथा मोनोशक, स्लिपर क्लच तथा क्विक सिफ्टर जस्ता अत्याधुकिन फिचर पाउन सकिन्छ ।

नयाँ मोडल केटीएम २५० ड्युकको मूल्य ७ लाख ३९ हजार निर्धारण गरिएको कम्पनीले जनाएको छ । २५० ड्यूकको मूल्य पुरानो मोडलको तुलनामा ५ हजार रुपैयाँले मूल्य वृद्धि भएको हो ।


Back_to_top