काठमाडौं । विद्युतीय गाडी सेरेस-थ्री आफ्नो ग्राउन्ड क्लियरेन्स र बल्की डिजाइनको कारण बजारमा निकै राम्रो ब्यापार गर्न सफल मोडल हो । एमएडब्लू वृद्धिले नेपाल ल्याएको सेरेस-थ्रीलाई मेरोअटोले काठमाडौंदेखि नेपालगंजसम्म टेष्ट ड्राइभ गरेका छौं ।
हामीले टेष्ट ड्राइभ गरेको सेरेस-थ्रीको विभिन्न स्थानमा खिचिएका फोटोहरु यहाँ प्रस्तुत गरेका छौं । सेरेस थ्रीलाई हामीले काठमाडौं, टोखा, छहरे, गल्छी, मुग्लीन, नारायणगढ, लुम्बिनी हुँदै नेपालगंजसम्म ड्राइभ गरेका थियौं ।
हामीले ६०० किलोमिटर चालएपछिको अनुभव आगामी शुक्रबार तपाईहरु माझ ल्याउने छौं ।







