बाओ-फाइभ अफरोड एसयूभीले गिनिज बुकमा नाम लेखायो

काठमाडौं । फेङ चाङ बाओ ब्राण्डको अफरोड हाइब्रिड कार बाओ-फाइभले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेख्न सफल भएको छ । बीवाइडीको अफरोड एसयूभी निर्माण गर्ने फेङ चाङ बाओ ब्राण्डले ५ हजार ९८० मिटर अग्लो स्थानमा पुगेर रेकर्ड बनाएको हो ।

ल्हासाको ३६५० मिटर हाइटबाट सुरु भएको बाओ-५ को यात्रा यार्लुङ जेङबो रिभर भ्याली हुँदै स्याङमुला पास पुगेको थियो । त्यहाँको हाइट ५५६६ मिटर हो । त्यहाँबाट ल्याङगोला पास हुँदै ५ हजार ९८०.०५ मिटर अग्लो स्थानमा पुगेको हो । यसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गरिएको छ ।

गतवर्ष नोभेम्बरमा सार्वजनिक भएको बाओ-५ लाई कम्पनीले ४० देखि ४९ हजार अमेरिकी डलर मूल्य तोकेर बिक्री गर्दै आएको छ । कम्पनीले यसलाई सुपर हाइब्रिड प्लेटफर्ममा तयार पारेको हो ।

बाओ-५ एक हाडकोर एसयूभी हो । यसमा ३५ डिग्री अप्रोच एङ्गल, ३२ डिग्री डिपार्चर एङ्गल र पासिङ्ग एङ्गल २० डिग्री र २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

कम्पनीले यसमा १.५ लिटर इन्जिन दिएको छ । साथै अगाडि र पछाडि नै इलेक्ट्रीक मोटर पनि दिएको छ । यसको संयुक्त पावर ६७७ पीएस हुन्छ । यसमा ३१.४ किलोवाट आवरको ब्लेड ब्याट्री रहेको छ । यसले सिंगल चार्जमा १२५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ ।

अफरोड मेसिनमा १२.३ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १५.६ इन्च २.५ के सेन्ट्रल कन्ट्रोल स्कृन, १२.३ इन्चको छुट्टै अगाडिको यात्रीको लागि इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ ।


Back_to_top