काठमाडौं । बेइजिङ अटोमोवाइल वर्क (बीएडब्लू)को इलेक्ट्रीक उत्पादन नेपाल आउने भएको छ । कम्पनीले नेपालको लागि आधिकारीक बिक्रेता एलआरआर ग्रुपलाई नियुक्त गरेको हो ।
आधिकारी बिक्रेता नियुक्त भएसँगै कम्पनीले इलेक्ट्रीक ह्याचब्याक कार ब्रम्बी नेपाल ल्याउन लागेको छ । कम्पनीले चाँडै ब्रम्बी ह्याचव्याक नेपाल ल्याउने छ ।
चार जनाले यात्रा गर्न सक्ने ५ ढोका भएको ब्रम्बी इलेक्ट्रीक ह्याचव्याकमा १७.२८ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा २०५ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।
बीएडब्लूले ब्रम्बी ह्याचव्याकमा ३० किलोवाट पीकपावर भएको इलेक्ट्रीक मोटर दिएको छ । यसको रेटेड पावर १५ किलोवाट छ ।
यसको लम्बाई ३५३२ एमएम, चौडाई १४९८ एमएम र उचाई १६०५ एमएम छ । यसमा २२७५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । रियर ह्वील ड्राइभ मोटर दिइएको कारमा अगाडि चक्कामा डिस्क र पछाडि चक्कामा ड्रम ब्रेक दिइएको छ ।
दुई कलरमा सजिएको इन्टेरियर, १०.२५ इन्चको इन्टेलिजेन्ट डिस्प्ले, पार्किङ राडार, ३६० डिग्री क्यामेरा, हाइटेक सेफ्टी फङ्गसन जस्ता फिचर यसमा रहेका छन् ।