दुई दिनपछि बिक्री सुरू हुँदै सिट्रोन बसाल्ट, पाइने छन् यी फिचर

काठमाडौं । सिट्रोनले भारतमा उत्पादन गरेको बसाल्ट एसयूभी आगामी शुक्रबारबाट बिक्री सुरु हुने भएको छ । कम्पनीले ल्याउन लागेको कुपे डिजाइन मिडसाइज एसयूभीमा रहेका फिचरहरु बाहिर आएका हुन् ।

सिट्रोन इन्डियाले सार्वजनिक गरेको तस्बिर र भिडियोहरुको आधारमा बसाल्टमा रहने केही फिचरहरु निश्चित भएका हुन् । यसमा इलेक्ट्रीक ओआरभीएम, रियर पावर विण्डो र रियर एसीभेन्ट पाउन सकिन्छ । यी फिचर यसअघि आएको एयरक्रस–थ्री मोडलमा थिएन ।

अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटोसहितको १०.२ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, फ्रन्ट आर्मरेस्ट दिएको देखिन्छ ।

सिट्रोन बसाल्टको लम्बाई ४.३ मिटर छ । कम्पनीले यसमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन दिएकोे छ । उक्त इन्जिनले अधिकतम ११० हर्सपावर र २०५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । उक्त इन्जिनसँग ६ स्पीड म्यानुअल र ६ स्पीडकै टर्क कन्भर्टर अटोमेटीक गियरबक्स रहने छ ।


Back_to_top