साइलेन्सर पाइपबाट ठ्याम्मै केही उत्सर्जन नगर्ने इलेक्ट्रीक गाडी चलाउनु भन्दा ठुलो पर्यावरण मैत्री काम अरु के नै पो हुनसक्छ र ? तर, यो एक खाले ‘कट्टर पन्थी’ सन्देशले सन् १९९० को मध्यदेखि नै इलेक्ट्रीक गाडीको बजार प्रर्बद्धनको मुख्यधारमा डेरा जमाएको छ । डिजेल र पेट्रोलको बिकल्पमा ब्याट्रीबाट चल्ने यस्ता गाडीका बारेमा आम मानिसहरुको मन मष्तिस्कमा अमिट छाप छाडेको छ, यो सन्देशले । साथै, इलेक्ट्रीक गाडीको उत्पादनलाई प्रोत्साहित गर्नका लागि अर्बौं डलरको सरकारी सहायता पनि आकर्षित गरेको छ ।
अध्ययनका अनुसार एक किलोवाट आवर ब्याट्री निर्माणको क्रममा करिब २७६ पाउण्डदेखि ४४० पाउण्डसम्म कार्बन उत्सर्जन गर्छन् । साना इलेक्ट्रीक गाडीहरुमा ब्याट्रीको क्षमता करिब २० किलोवाट आवर हुने गर्छ ।
के इलेक्ट्रीक गाडीहरु साँच्चै पर्यावरण मैत्री छन् ? वा, ग्यास उत्सर्जन नगर्ने यस्ता कार र एसयुभीहरुको स्रोत र उत्पादन सम्बन्धी सत्य तथ्यहरुलाई धुलोले छोपेर भ्रम छर्ने चेष्टा मात्र गरिदैं छ ?
कुवा देखि पाङ्ग्रासम्म (वेल टु व्ह्लि)
आन्तरिक दहनको बिकल्पमा बिजुलीको प्रयोगलाई ‘उचित’ तब मात्र मान्न सकिन्छ जब यसले जिवाश्म उर्जा (फोसिल फिउल) लाई घुमाउरो वा अन्य कुनै बाटोबाट प्रयोग गरेको छैन भने ।
यसको मतलब के हो ? हामीले इलेक्ट्रीक गाडीहरुलाई ‘सून्य उत्सर्जन’ को ट्याग लगाउनुभन्दा पहिले ती गाडीहरुले प्रयोग गर्ने बिजुलीको स्रोतका बारेमा पनि हेक्का राख्नु पर्दछ । उदाहरणको लागि यदि तपाईले प्रयोग गर्ने गाडीले खपत गर्ने बिजुली पूर्ण रुपमा जलबिद्युतबाट उत्पादित हो भने पक्कै पनि यसले जिवाश्म उर्जाको प्रयोग गरेको छैन । र्सौय वा वायुजस्ता अन्य नविकरणीय उर्जाको हकमा पनि यो लागु हुन्छ ।
दुर्भाग्यवश, उत्तर अमेरिकामा उपलब्ध बिजुलीको सबैभन्दा ठूलो स्रोत भनेको प्राकृतिक ग्यास र कोइला हो– वास्तवमा, ६० प्रतिशत भन्दा पनि बढि । यदी तपाई गाडी चार्ज गर्नुहुन्छ र उक्त चार्ज गर्ने उर्जा कोइलाबाट उत्पादित हो भने तपाई खाली कार्बनको साटफेर मात्र गर्दै हुनुहुन्छ ।
इलेक्ट्रीक गाडीहरुले तिनका ब्याट्री र इलेक्ट्रीक प्रणालीको निर्माणका लागि तारन्तार पृथ्वीको दुर्लभ तत्वहरुको माग गर्दछ ।
तर, उर्जाको स्रोतलाई मध्यनजरगर्दा पनि इलेक्ट्रीक गाडीका बारे केही सुखद समाचार भने नभएका होइनन् । उर्जाको स्रोत र बितरणका बारे माथि उल्लेखित तथ्य वास्तवमा केही सरलिकृत छ । तेललाई मैदानबाट रिफाइनरी र त्यहाँबाट पम्पसम्म लग्दाको कार्बन लागत (पर्यावरणमा) को पनि मुल्याङकन पनि गर्नुपर्ने हुन्छ । यो हिसाबले जस्तोसुकै स्रोतबाट उत्पादित बिजुलीको प्रयोग गरेर इलेक्ट्रीक गाडी चलाए पनि दिर्घकालिन रुपमा आन्तरिक दहन गर्ने गाडीभन्दा प्रभावकारी हुन्छ नै ।
एक फोहोरी ब्यापार
इलेक्ट्रीक गाडीहरुको उत्सर्जनको सन्दर्भमा एक रोचक प्रश्न छ । यसले ग्राहकहरुलाई उक्त गाडीले प्रयोग गर्ने बिजुलीको स्रोतका बारे जानकारी लिएर सु-सुचित निर्णय लिने अवसर दिन्छ । र, उनीहरुले आफुले प्रयोग गर्ने गाडीले घुमाउरो पाराले गर्ने कार्बन उत्सर्जन प्रति कति सहज छन् भन्ने निर्णय गर्न सघाउँछ । तर, इलेक्ट्रीक गाडीहरुको उत्पादन र तिनका लागि प्रयोग हुने स्रोतका बारेमा भने यो सुबिधा उपलब्ध छैन । र, यो गम्भिर कुरा हो ।
मुद्दा के हो ? इलेक्ट्रीक गाडीहरुले तिनका ब्याट्री र इलेक्ट्रीक प्रणालीको निर्माणका लागि तारन्तार पृथ्वीको दुर्लभ तत्वहरुको माग गर्दछ । र, यस्ता तत्वहरुको उत्खनन पर्यावरणीय क्षतिका हिसाबले ‘डिजास्टर’ नै हुन् । केही उत्खननले ९९.८ प्रतिशत दुषित खनिजहरु पृथ्वीमा उत्सर्जन गर्दिन्छन्, जसले पृथ्वीको ठूलो क्षेत्रलाई नै दुषित बनाइदिन्छ ।
यस्ता खनिजहरुको उत्खननका लागि पनि ठूलो मात्रामा उर्जाको खपत हुन्छ । इलेक्ट्रीक गाडीमा राखिएका प्रत्येक ब्याट्रीले निर्माणको प्रक्रियामा ठूलो मात्रामा कार्बन उत्सर्जन गरेका हुन्छन् । अध्ययनका अनुसार एक किलोवाट आवर ब्याट्री निर्माणको क्रममा करिब २७६ पाउण्डदेखि ४४० पाउण्डसम्म कार्बन उत्सर्जन गर्छन् । साना इलेक्ट्रीक गाडीहरुमा ब्याट्रीको क्षमता करिब २० किलोवाट आवर हुने गर्छ । यसबाट कार्बन उत्सर्जनको मापन सहजै गर्न सकिन्छ ।
यहाँ उठाउन खोजिएको प्रमुख कुरा कुरा के हो भने इलेक्ट्रीक गाडीहरु सून्य उत्सर्जन गर्ने गाडी होइनन् ।
बिषादयुक्त भएका कारण इलेक्ट्रीक गाडीहरुको ब्याट्रीको ‘रिसाइकलिङ’ अर्को प्रमुख मुद्दा हो । बिश्वब्यापी रुपमै यस्ता ब्याट्रीहरुलाई अन्य फोहरमैला सरह फ्याँक्न मनाही छ । यी ब्याट्रीहरुको पुन प्रयोगका लागि कामहरु पनि भैरहेका छन् । अहिलेको सानो संख्याको इलेक्ट्रीक गाडीहरुको ठाउँमा भोली लाखौं थपिए भने ब्याट्रीको पुन प्रयोगको मुद्दाको हल खोज्नुको कुनै बिकल्प छैन । र, यो ‘सुनामी’ आउनुपुर्व नै गर्नु जरुरी छ ।
राम्रो । तर, अति राम्रो होइन
यहाँ उठाउन खोजिएको प्रमुख कुरा कुरा के हो भने इलेक्ट्रीक गाडीहरु सून्य उत्सर्जन गर्ने गाडी होइनन् । नविकरणीय उर्जामा जडान गरेर चलाए पनि उत्पादनका क्रममा ती गाडीले निकै पर्यावरणीय भारहरु थोपरेका छन् ।
तर, यी पेट्रोल वा डिजेलबाट चल्ने गाडीहरुको तुलनामा भने बातावरण मैत्री नै छन्, दिर्घकालिन रुपमा । यी कुराहरु बुझ्न निकै आवश्यक छन् । किनभने इलेक्ट्रीक गाडीहरुको प्रयोग र निर्माणका क्रममा उठ्ने पर्यावरणिय मुद्दालाई नजरअन्दाज गर्दा तिनको जोखिम न्युनिकरण गर्न असम्भव हुन सक्छ ।
(उनको यो विचार अटोगाइडबाट लिइएको हो, लेखक अटो गाइड डटकमका सिनियर अटो समिक्षक हुन् । )