सडक बिस्तारको लागि आज बालाजुका यी क्षेत्रमा दिनभर लोडसेडिङ हुने

काठमाडौं । सडक विस्तारका लागि बालाजु क्षेत्रमा आज शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । 

नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रकाअनुसार, बनस्थली चौकदेखी बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशन अन्तर्गतका फिडरबाट आपूर्ति भइरहका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ । 

बालाजु-नागार्जुन फिडर अन्तर्गत एमटीसी पर्खाल, जनजागृती,  रोटरी क्लब, टौडोल,  शितला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुदैँ एकलटार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए । 

त्यसैगरी, बालाजु-धर्मस्थली अन्तर्गत पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत आपूर्ति बन्द हुने छ ।    


Back_to_top