पहिलो पटक नेपाल आउँदै ५ इलेक्ट्रीक बस, भैरहवा-लुम्बिनीमा संचालन हुने

काठमाडौं । नेपालमा पहिलो पटक ब्याट्री पावरबाट चल्ने इलेक्ट्रीक बस आउने भएको छ । 

भारतको हैदरावादको कम्पनी गोल्डस्टोन इफ्राटेक र चाइनाको बीवाइडीको जोइन्ट भेन्चर कम्पनी बिवाइडी गोल्डस्टोनले उत्पादन गरेको ‘ईबज के६’  मोडलका पाँचवटा बसहरु नेपालमा ल्याउन लागिएको हो । 

१८ सीट क्षमता रहेको यी बसहरु एकपटको चार्जमा २०० किमिसम्म गुड्न सक्नेछ । यसमा लिथिएम फोस्फेट ब्याट्रीको प्रयोग गरिएको छ । यो बस सात मिटर लम्वाई भएको हाई फ्लोर सीटी बस हो । 

यसमा प्रयोग भएको ब्याट्री पावरले चल्ने इलेक्ट्रीक मोटरले २४१ बिएचपी पिक पावर र १५०० एनएम पिक टर्क उत्पादन गर्छ । बसको अधिकतम गति ८० किलोमिटर प्रति घण्टा रहेको छ ।

यो बसमा एविएस सिस्टम पनि रहेको छ । यो बसलाई पूरै डिस्चार्ज भएको अवस्थामा ४ घण्टामा एसी क्वीक चार्जरले फूल चार्ज गर्न सकिन्छ । 

लुम्बिनी गुरुयोजना अन्तर्गतको रुटमा चल्ने यी यी बसहरु भारतमा बनेको जीरो इमिसनका छन् । अर्थात यी बस प्रदुषणमुक्त रहेका छन् । बीवाइडी इन्डीयाका एक्जुकेटिभ डाइरेक्टर जीयाङ जीको अनुशार बीवाइडीले लेटेस्ट टेक्नलोजी प्रयोगगरि  क्वालीटीका इलेक्ट्रीक बसहरु भारतमा उत्पादन गरि सार्क देशहरुमा निर्यात गर्ने छ । 

यही योजना अन्तर्गत पहिलो स्टेपको रुपमा नेपालमा यी बसहरु आउन लागेको हो । यी बसहरु वातावरण मैत्री मात्र नभई कार्बन फुटप्रिन्ट घटाउन पनि सहयोगी हुने कम्पनीको दाबी छ ।

सन् १९९५ मा चाइनामा रिचार्जेबल ब्याट्री उत्पादन गर्ने कम्पनीको रुपमा स्थापना भएको बीवाइडी आज  ईलेक्ट्रिीक  सवारीसाधन बनाउने विश्वको टप कम्पनी भएको छ । यो मात्र यस्तो कम्पनी हो जसले इलेक्ट्रीक बस र ब्याट्री आफैँ निर्माण गर्छ ।

गत सेप्टेम्बरमा बीवाइडी गोल्डस्टोनले भारतको हिमाञ्चल रोड ट्रास्पोर्ट कर्पोरेशनलाई २५ वटा तथा नोभेम्बरमा मुम्बई इलेक्ट्रीक सप्लाई एण्ड ट्रास्पोर्टलाई ६ वटा बस हस्तान्तरण गरेको थियो ।

साझा यातायातले पनि नेपालमा इलेक्ट्रीक बस चलाउने योजना बनाएको छ । नेपालमा बीवाइडीका कारहरु समेत उपलब्ध रहेका छन् । 


Back_to_top